कर्णालीमा जीप खस्याे,यात्रुकाे अवस्था अज्ञात

समाज असार ३ २०७६ ekhabarnepal
Jeep xnq7rqgfis

  
हुम्ला,असार ३ - खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको छ ।

खार्पुनाथ-५ कैलाबालुमा लट नम्बर नखुेलेको ७१६६ नम्बरको जीप कर्णालीमा खसेको प्रहरीले जनाएको छ । जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित अरु पनि चढेको अनुमान गरिए पनि को को थिए भन्नेबारे खुल्न सकेकाे छैन ।

जीपमा कतिजना यात्रु थिए भन्ने एकिन नभए पनि स्थानीयका अनुसार जीपमा १० भन्दा बढी यात्रु थिए ।

 उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको छ ।

पल्लो खार्पुनाथबाट याङचु गाउँपालिका जाँदै गरेको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ तर थप विवरण आउन भने बाँकी छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय हुम्ला र याङचु गाउँपालिका लगायतका ठाउँबाट प्रहरीको टोली पुगेको बताइएकाे छ । 

प्राप्त प्रतिकृयाहरू

To Top