मर्जरका लागि तयार रहन लघुवित्तहरुलाई गभर्नरको निर्देशन

अर्थ जेठ ३१ २०७६ ekhabarnepal
Images cms image 000058348

काठमाडौं जेठ ३१

 नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सबै लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन  सचेत गराएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएकाले सुरु गरिएको पनि स्पष्ट पारे।

गभर्नर नेपालले असार महिनाभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना गरिसक्ने घोषणा पनि गरे। ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय २८ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेको र बाँकी स्थानीय तहमा पनि यही असारभित्र बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्था गर्ने गभर्नर नेपालको योजना छ।

कार्यक्रममा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने नेपाल राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताए। समस्यामा परिरहेका लघुवित्त संस्थाहरुलाई पनि सो मर्जर अभियानले ठूलो राहत दिएको उनको भनाइ छ। अध्यक्ष जोशीले लघुवित्त संस्थाहरुलाई कृषिकर्जा प्रवाह गर्न नदिने निर्णय नेपाल राष्ट्र बैंकले गरेकोमा भने दुःख व्यक्त गरे।

नेपालमा चालू आवको चैत मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। पछिल्लाे समय राष्ट्र बैंकले मर्जर र बिग मर्जरलाई प्राथमिकतामा राख्दै आएकाे छ भने सरकारले बजेटमै बिग मर्जरलाई जाेड दिएकाे छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top