टिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

समाज जेठ २९ २०७६ ekhabarnepal

रासस
सुर्खेत,जेष्ठ २९
 टिपरको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भरीगंगा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

उनी लेकवेशी नगरपालिका– ७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक हुन्। नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिवसमेत रहेका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ।

मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।
 

प्राप्त प्रतिकृयाहरू

To Top