प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रिब्दीकोटमा एक सय दशलाई रोजगार 

समाज जेठ २८ २०७६ ekhabarnepal

पाल्पा, जेठ २८ । प्रधानमन्त्री रोजगार कार्यक्रम रिब्दीकोट गाउँपालिकाले शुभारम्भ गरेको छ । बेरोजगारलाई रोजगार दिन गाउमा कार्यक्रम शुभारम्भ भएको हो । गाउ सरकारले एक सय बढी बेरोजगारलाई रोजगारी दिन थालेको हो ।

पाल्पाको रिब्दीकोट गाउँ पालिकाले एक सय दश जना महिला र पुरुषलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको १४ लाख रुपैयाको बजेटबाट ६३ जनालाई रोजगारी दिइएको छ । त्यसैगरि गाउँपालिकाको बजेटबाट ४७ जना थप गरि एक सय दश जना रोजगारी भएका हुन् ।रिव्दीकोट गाउँपालिकाले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा ८० प्रतिशत महिला रहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँ गाउँमै रोजगारी पाएपछि स्थानीय खुशी भएका छन्  ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी पाएका ६३ जनाको निरन्तरताका लागि गाउँपालिकाले सहयोग गर्ने भएको छ । गाउँपालिकाले प्रत्येक वडा वडामा स्थानीयबासीलाई रोजगारीको अवसर दिएको छ । गाउँपालिकाले तोकेको काम गर्न ईच्छुक सबै स्थानीयलाई रोजगारीको व्यबस्था गर्ने जनाएको छ । आगामी वर्षको बजेटमा स्थानीयलाई रोजगारी दिने कार्यक्रम प्राथमिकताकासाथ सम्बोधन गर्ने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्थानीय बेरोजगारहरुको पहिचानबाट रोजगार दिएको हो । स्थानीय तहले आफै पूर्वाधारसंग जोडिएका विभिन्न काम सम्पन्न गर्न आवस्यक सामाग्री खरिद गर्नेछ । काम गर्न गाउँपालिकाले गैटी बेल्चा,गल, हसिया, डोको लगाएत निमार्ण सामार्गी गरि उपलब्ध गराउने भएको छ । श्रम गर्न चाहाने स्थानीलाई स्थानीय सरकारको परिचालनमा काम गर्नुपर्नेछ ।

न्यूनतम पारिश्रमिकको व्यवस्था गरि स्थानीय बेरोजगारलाई अवसर प्राप्त हुनेछ । कामदारहरुले सडक सरसफाई, नाली सफा गर्ने, पहिरो पन्छाउने, सामुदायिक वनमा जुडिबुटी, फलफुल लगाउने, गाउँपालिका भित्र आकस्मिक सबै किसिमका कामहरु गर्नु पर्नै छ । गाउँपालिका भित्र विविध भौतिक काम गरेर उनीहरुले रोजगारी प्राप्त गर्नेछन् । निर्माण सामाग्री खरिद गरेर गाउँमा काम दिने र गाउँमा बेरोजगारी तथा गरिबी अन्त्य गर्ने योजना गाउँपालिकाको योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताए ।

सरकारी लक्ष्य अनुसार स्थानीय सरकारले पनि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई साथ दिन सक्यो भने गाउँमै रोजगारी प्राप्त हुनेछ । यसले गाउँको गरिबी घटाउने नै छ । यतिमात्रै होइन स्थानीयमा परिवर्तनको अनुभुति समेत दिने निश्चित छ । यसर्थ रिब्दीकोट गाउपालिकाले यसलाई निरन्तरतासंगै अझै सक्रृयताकोसाथ प्राथमिकता दिन सके बेरोजगार घटाउन, रिब्दीकोटगाउँपालिका देशकै नमुना गाउँपालिका बन्न सक्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top