रुपन्देहीको देवदहमा गएराति युवकको हत्या, ५ जना पक्राउ

समाज जेठ २६ २०७६ ekhabarnepal
1669063297ff

 बुटवल,जेठ २६ । रुपन्देहीको देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको गएराति हत्या भएको हो ।

कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

 प्रनाउ मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएकाे थियाे  ।

प्रहरीले उनको हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय, बुटवल ल्याइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top