च्याउ खाँदा दुईको मृत्यु, ८ गम्भीर बिमारी

समाज जेठ २६ २०७६ ekhabarnepal
Images cms image 000076328

पाल्पा जेठ २६

पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको सार्कीडाँडामा विषालु जंगली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरी छन्। उनीहरु दिदीबहिनी हुन्।

पाल्पाका प्रहरी प्रमुख विश्वमणि पोखरेलका अनुसार विषाालु जंगली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका हुन्।

चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको एसपी पोखरेलले जानकारी दिए।

बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, ७ वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी छन्।

उनीहरु चार परिवारका सदस्य हुन् । बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन्।

वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top