सांसद कोष खारेजीको निर्णयले ‘आइस ब्रेक’ : मन्त्री केसी

राजनीति जेठ २५ २०७६ ekhabarnepal
11

बुटवल,जेठ २५  । नेकपा प्रदेश ५ संसदीय दलको आज पत्रकारहरुसंग महत्वपूर्ण अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा दर्जन पत्रकारले सरकार र प्रदेशसभाको काम, आगामी दिनमा गर्नुपर्ने कामले महत्वपूर्ण सुझाव दिनुभयो । सुझाव सुनेपछि नेकपा संसदीय दलका उपनेता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सरकार र प्रदेशसभा अघि बढ्नका लागि एक वर्ष कानुन निर्माण र योजना निर्माणमा केन्द्रित भएको बताउनुभयो । उहाँले आवधिक योजनाका आधारमा योजनाबद्ध विकासमा ध्यान दिने बताउनुभयो ।

 मन्त्री कुल प्रसाद केसीले परम्परागत चुनावी प्रचारका लागि लक्षित कार्यमा ‘आइस ब्रेक’ गर्नु पर्ने अवस्यकता औलाउनुभएको छ । उहाँले आफ्नो दलले सांसद विकास कोष तथा क्षेत्र विकास कोष राख्न नुहने निर्णय गरेर आइस ब्रेक गर्ने दिशामा अघि बढेको दावी गर्नुभयो ।

‘हाल सम्मको करिव दुई बर्षको समय कठिनाइपूर्ण वितेको छ, उहाँले भन्नुभयो –‘अव काम गर्ने दिशा तर्फ उन्मुख भएको जस्तो महसुस गरेका छौँ ।’
मन्त्री केसिले प्रदेशका सीमाहरुका कारण पनि संघीय संसदले निमार्ण गर्ने कानूनहरुको आधारमा रहेर कानून बनाउने काम गरेको बताउनुभयो । उहाँले सदनलाई व्यवस्थित गर्न सफल भएको दावी समेत गर्नुभयो ।
प्रदेश संसदीय दलका उपनेता समेत रहेका नेता केसीले यस क्षेत्रका संघ संस्थाहरु देखि जनताहरुले गरेको सहयोगका कारण पनि प्रदेश सफलताको दिशा तर्फ उन्मुख भएको बताउनुभयो । मन्त्री केसीले स्थानीय तह र प्रदेशविचमा तिक्तता नहुने गरी काम भैरहेको बताए । प्रदेश सरकारले लक्षित बर्गलाई केन्द्रित गरी काम गरिरहेको उहाँको भनाई छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले मिडिया र संसदीय दलबीचको सम्बन्धलाई बलियो बनाउन अन्तरक्रिया आयोजना गरेको र प्राप्त महत्वपूर्ण सुझाव आगामी दिनमा काम लाग्ने बताउनुभयो । सचेतक पार्वती पुनले यस्तो खालको कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो ।

प्रमुख सचेतक ढकालको अध्यक्षता, संसदीय मामीला पत्रकार समाजका प्रदेश ५ का अध्यक्ष विष्णु घिमिरेको स्वगतमा सम्पन्न अन्तरक्रियामा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डी. आर. घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पान्डे, प्रेस युनियनका सभापति रेखा भुषाल, एविसी टेलिभजनका प्रदेश प्रमुख शरण कर्मचार्य, कान्तिपुर मिडियाका प्रदेश प्रमखु दिपेन्द्र बडुवाल, पत्रकार केशव भन्डारी, विनोद परियार लगाएतले बोल्नुभएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top