नेकपा संसदीय दलले सांसद विकास कोषको बजेट नलिने

राजनीति जेठ २५ २०७६ ekhabarnepal
833526440untitled 5

संसद विकास कोष खारेज गर्न माग
बुटलव, जेठ २५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ संसदीय दलले प्रदेश सांसदले सांसद विकास कोषको बजेट नलिने निर्णय गरेको छ । 
 प्रदेश ५ को संसदीय दलको बसेको बैठकले यो निर्णय गरेको हो । संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेल स्वास्थ्यका कारण बैठकमा आफै उपस्थित हुन नसके पनि उहाँको योजनालाई दृढ समर्थन गर्दै बैठकले सर्वसम्मत पारित गरेको हो ।

सांसदहरू नीति निर्माणका लागि नीति बनाउने थलोमा रहेकोले विकास निर्माणसँग प्रत्येक्ष जोडिन आवश्यक नरहेको र विकास निर्माणका लागि काम गरिरहेका तह र निकायले नै काम गर्नु पर्ने भन्दै सांसदहरूले क्षेत्र विकास कार्यक्रम आवश्यक नरहेको बताएका हुन । सांसद क्षेत्र विकास कोषका लागि विभिन्न तर्फ भईरहेको बेला सबैलाई संदेश जावस भनेर हाम्रो प्रदेश निर्णय हो ।

प्रदेश नं ५ को प्रदेशसभाका अधिकांस सदस्यले संसद विकास कोष र निर्वाचन विकास कोष मार्फत वितरण हुने बजेटको विपक्षमा उभिएका छन । 

प्रदेश सरकारको योजनाका अधारमा सन्तुलित विकासलाई जोड दिइएको प्रदेश नं ५ प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । 
उहाँले संसद विकास कोष र निर्वाचन विकास कोष मार्फत वितरण हुने बजेट संघियताको भावना विपरित हुने उल्लेख गर्दै यस्तो वितरण प्रणालीले प्रदेश र स्थानीय तहलाई कमजोर बनाउछ भन्नुभयो । 
प्रमुख सचेतक ढकालले विकासको अवधारणामा केन्द्रित भएर खानेपानी, सिंचाइ लगायतका विषयमा ध्यान केन्द्रित हुने जानकारी दिदै दुबै कार्यक्रम नराख्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताउनुभयो । 
उहाँले भन्नुभयो–“प्रदेश सरकारले योजना बनाएर सन्तुलित विकासका लागि लगानी गर्छ । 
प्रदेशसभाका सदस्य भोज प्रसाद श्रेष्ठले सन्तुलित विकासका लागि सन्तुलित बजेट परिचालन हुने जानकारी दिनुभयो । 
प्रदेशसभाका सदस्य तिलकराम शर्माले व्यक्ति हावी हुने भन्दा पनि विकासमा ध्यान केन्द्रित गर्न खोजिएको जानकारी दिनुभयो । 
सो बैठकमा संसदीय दलका उप– नेता तथा प्रदेश नं ५ का आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसी, उद्योग तथा पर्यटन मन्त्री लिला गिरी, कृषि तथा सहकारी मन्त्री आरती  पौडेल सहभागि हुनुभएको बैठकमा मुख्यमन्त्री शंकर पोखरेल अनुपस्थित हुनुहुन्थ्यो । यस अघि बसेको प्रदेश नं ५ को प्रदेशसभाको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ति मगरले विषेश समयमा वोल्दै संसद विकास कोष मार्फत रु. ६ करोड प्रदान गर्ने विषय खारेज गर्न माग गर्नुभएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top