व्यापार घाटाबाट  चिन्तित हुनु पर्दैन: अर्थमन्त्री खतिवडा

अर्थ जेठ २३ २०७६ ekhabarnepal
1559279647khatiwada

काठमाडौं, जेठ २३
   
अर्थमन्त्री युवराज खतिवडाले फराकिलो हुँदै गएको व्यापार घाटाबाट धेरै चिन्तित हुनु पर्ने कारण नभएको बताएका छन्।

देशमा आर्थिक गतिविधिमा भएको विस्तारले आयात बढेको र त्यस्तो आयातको मूल्य केही समयपछि देशले पाउने भएकाले यसबाट आत्तिन नहुने उनको भनाइ छ।

विश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट बुलेटिन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले सीमित स्रोत र असीमित दायित्वका बीच पनि सरकारले अर्थतन्त्रलाई अनुशासनको बाटोमा अघि बढाइरहेको जानकारी गराए।

निरन्तरको उच्च आर्थिक वृद्धिले पनि औद्योगिक आपुर्ति र खपतलाई जस्टिफाई गरेको उनको भनाइ छ। दुई अंकको आर्थिक वृद्धिको आधार तयार हुँदै गएको तर सरकारको ध्यान दिगो वृद्धिमा भएको उनले बताए।

‘हामीले निरन्तर उच्चदरका वृद्धिमात्र गरेका छैनौं। मूल्यवृद्धिलाई पनि नियन्त्रणमै राखेका छौं। हामी दुई अंकको वृद्धिदर नजिक पुगेका छौं। यसलाई दिगो र नियमित बनाउन हाम्रो मुख्य ध्यान हुनेछ,’ उनले भने।

बिलासी वस्तुको आयातमा कडाइ गर्दा नेपालको परम्परागत राजस्वको  स्रोत खुम्चिएको उनले बताए।

यद्यपी अबका केही वर्षभित्र आन्तरिक स्रोतले त्यसको घाटा पुर्ति गर्ने मन्त्री खतिवडाको विश्वास छ।

 

प्राप्त प्रतिकृयाहरू

To Top