पाण्डे र पोखरेल वातावरण पत्रकारिता पुरस्कारबाट सम्मानित

समाज जेठ २२ २०७६ ekhabarnepal
1869375833cb


बुटवल,जेठ २२ ।
रुपन्देहीका दुईजना पत्रकारले वातावरण पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । वातावरण वचाउ आन्दोलनको तर्फवाट पत्रकार नारायण सापकोटावाट भैरहवामा स्थापित पुरस्कार पत्रकार छवि पाण्डेले र नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवसको अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार– २०१८’ हिमाल खबरपत्रिकाका संवाददाता मुकेश पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ।
पाण्डे भैरहवा र पोख्रेल काठमाण्डौमा पुरस्कृत भएका हुन् ।
 विश्व वातावरण दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले भैरहवामा आयोजना गरेको समारोहमा पत्रकार पाण्डेलाई २५ हजार नगद राशी सहित सम्मान पत्र प्रदान गरी पुरस्कृत गरिएको हो । पूर्व सभाषद तथा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका पूर्व सभापति बिनोद पहाडी र पुरस्कारका सस्थापक नारायण सापकोटाले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको हो । 
बिगत तीन दशकदेखि पत्रकारित क्षेत्रमा क्रियाशील पत्रकार पाण्डे रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं. ४ मुर्गिायामा बसोेबास गर्दै आउनुभएको छ । चौतारी दैनिक पत्रिकाबाट पत्रकारितामा प्रवेश गर्नुभएका पत्रकार पाण्डे गोरखापत्र दैनिकमा आबद्ध हुनुहुन्छ । 
उहाँले उत्कृष्ठ पत्रकारिता पुरस्बकार, औद्योगिक पत्रकारिता पुरस्कारलगायतबाट पुरस्कृत भैसक्नुभएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक सभापति दिनेश पाण्डेको सभापतित्व सहसचिव कमल रायमाझिको सञ्चालनमा भएको कार्यक्रममा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाई, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, नेपाल प्रेस युनिय रुपन्देहीका सभापति रेखा भुसाल, प्रेस क्लव लुम्विनीका अध्यक्ष दिपेश पछाई, जिल्ला डिभिजन वन कार्यालय रुपन्देहीका अधिकृत अभिमन्यू केसी, साहित्यकार बिजय सागर, हरी थापा, खिम बहादुर खत्री, थानेश्वर पाण्डे लगायतले बोल्नु भएको थियो ।
‘वातावरण पत्रकारिता पुरस्कार’ पोखरेललाई

नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवसको अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार– २०१८’ हिमाल खबरपत्रिकाका संवाददाता मुकेश पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार प्रदान गर्दै आएको छ।

पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०१८ मा आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो।

पुरस्कार स्वरूप पोखरेललाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिने नेवापसले जनाएको छ।।


 

प्राप्त प्रतिकृयाहरू

To Top