सघीयताको समस्या अझै हल भइसकेको छ्रैन: डा. भट्टराई

राजनीति जेठ १७ २०७६ ekhabarnepal
Baburam bhattarai


कांग्रेस कम्युनिष्ट ब्राण्डको अब काम छैन 
बुटवल,जेष्ठ १७
समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको   आरोप लगाएका छन्।

उनले केपी ओली नेतृत्वको दुई तिहाई मत प्राप्त सरकारले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे।

उनले कांग्रेस र कम्युनिष्ट ब्राण्डका पार्टीले मुलुकका लागि अब केही गर्न नसक्ने टिप्पणी गर्दै उक्त पार्टीहरुले विश्राम लिनुपर्ने बताए।

शुक्रवार भैरहवामा पार्टीद्वारा आयोजित प्रदेश स्तरीय अभिमखिकीरण कार्यक्रलाई सम्बोधन गर्नुपूर्व पार्टीद्वारा आयोजित पत्रकार भेटघाटमा डा भट्टराईले भने, ‘सघीयताको समस्या अझै हल भइसकेको छ्रैन। देशमा दिगो शान्ति र समृद्धि भएपछि मात्रै यस समस्याको हल हुन्छ। हामीले प्रस्ताव गरेको १० जोड एक प्रदेश राज्य पुनःसंरचना आयोगले दिएको सिफारिसको आधारमा गरिएको हो। त्यसलाई कार्यान्वयन तहमा लगेमा पनि धेरै प्रश्नको हल हुनेछ।’

डा भट्टराईले संघीयताको विषयमा अहिल्य नै टीकाटिप्पणी गर्नु र संघीयता ठीक छैन भनेर हल्ला गर्नु जरुरी नरहेको  बताए। उनले भने, ‘नेपालको परिवेशमा सङ्घीयता भर्खर जन्मेको बच्चा जस्तै हो । यसलाई हुर्काउने बढाउने काम सबै राजनीतिक दलको हो।’

नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण भई बनेको समाजवादी पार्टी नेपालले भैरहवामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादवसहित भैरहवा आएका उक्त पार्टीका सङ्घीय परिषदका अध्यक्ष डा भट्टराईले स्थानीय सरकारका प्रमुखहरुले गाडी सुविधा र अन्य सुविधा लिए भनेर धेरै हल्ला गर्नु पनि जरुरी नरहेको बताए।

डा भट्टराईले सरकारले फड्को मार्ने किसिमको बजेट ल्याउन नसकेको टिप्पणी गरे। उनले भने, ‘संघीयता, सुशासन, समाजवाद र समृद्धिको जगमा नै देशको विकास सम्भव छ, नेताहरुले सही ढङ्गले काम गरेमा १५ वर्षभित्र देशको आर्थिक स्तर मध्यमस्तरको हुन सक्दछ।’


 

प्राप्त प्रतिकृयाहरू

To Top