ज्येष्ठ नागरिक आन्दोलन अन्त्य

समाज जेठ १७ २०७६ ekhabarnepal
Old man

काठमाडौं, जेठ १७ गते । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक तीन हजार रूपियाँ पु¥याएसँगै गत आठ वर्षदेखि मिनभवनमा आन्दोलनरत ज्येष्ठ नागरिक आन्दोलन अन्त्य भएको छ । 
ज्येष्ठ नागरिकको सेवा सुविधा र हकहितका लागि २०६७ साल फागुन २४ गतेदेखि शुरू भएको सडक आन्दोलन बिहीबारदेखि समाप्त भएको घोषणा गरिएको हो । 
बिहीबार मीनभवनमा जम्मा भएका करिब दुई सय ज्येष्ठ नागरिकले सरकारको जयजयकार गर्दै आफूहरूको सडक आन्दोलन समाप्त भएको र अबको आन्दोलनको स्वरूप परिवर्तन गरिने बताउनुभयो । 
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईलेज्येष्ठ नागरिकको धर्ना स्थलमै पुगी धर्नाको ब्यानर झिकेर ज्येष्ठ नागरिकको आन्दोलन समाप्त भएको घोषणा गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकको हकहितका लागि सरकार सधैँ प्रतिबद्ध भएको भन्दै सरकारले ज्येष्ठ नागरिकको भत्ता बृद्धि गरेर ज्येष्ठ नागरिकलाई न्याय गरेको बताउनुभयो । 
तीन वर्षसम्म ज्येष्ठ नागरिक सङ्घर्ष समिति र त्यसपछि अग्रज समाज नेपाल नामक संस्थाको अगुवाइमा ज्येष्ठ नागररिले सडक आन्दोलन गर्दै आएका थिए । 
अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले सडक आन्दोलनसकिएकोभन्दै ज्येष्ठ नागरिक हकहितका लागि पैरवी गर्न भने आफूहरु अझै नथाकेको बताउनुभयो । 
ज्येष्ठ नागरिकलाई मासिक पाँच हजार भत्ता दिनुपर्ने आफूहरूको अहिलेको माग भए पनि सरकारले उक्त भत्तालाई क्रमिकरूपमा बृद्धि गर्दै जाने प्रतिबद्धता जनाएकाले आफूहरूले सडक आन्दोलन अन्त्य गरेको उहाँको भनाइ छ । बृद्ध भत्ता बृद्धि गरिएकोमा उहाँले प्रधानमन्त्रीलाई विशेष धन्यवाद प्रदान गर्नुभयो । 


 

प्राप्त प्रतिकृयाहरू

To Top