गाैतमबुद्ध विमानस्थल जिटुजी माेडलबाट चलाउने सरकारको निर्णय

समाज जेठ १६ २०७६ ekhabarnepal
1559214065gokul

काठमाडौं, जेठ १६
सरकारले भैरहवामा निर्माणाधीन गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सरकार-सरकारबीचकाे सम्झाैताबाट गर्ने निर्णय गरेकाे छ।

मन्त्रिपरिषदकाे बैठकले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई प्रकिया अघि बढाउन सैद्धान्तिक सहमति दिएकाे हाे।

मन्त्रालयले सूचना निकाली ईच्छुक देशहरूलाई जानकारी गराउने छ।

त्यसमा आएकाहरूसँग छलफल गरी लाभदायक प्रस्ताव राख्ने देशकाे निकायलाई सञ्चालनकाे जिम्मा दिइने छ। धावनमार्ग निर्माण भइसकेकाे उक्त आयाेजना असाेजसम्म निर्माण गरिसक्ने लक्ष्य लिइएकाे छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top