लुम्बिनी गुरुयोजना लाई ६ अर्ब मध्ये १ अर्ब बजेट

समाज जेठ १५ २०७६ ekhabarnepal
Yubraj khatiwada 1


काठमाण्डौ,जेठ १५ 

सरकारले बुद्ध जन्मस्थल लुम्बिनीको लुम्बिनी गुरुयोजनाका लागि १ अर्ब बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले लुम्बिनी गुरुयोजनालाई निरन्तरता दिन १ अर्ब रकम विनियोजन गरेको जानकारी गराए।

यस्तै अर्थमन्त्रीले बुद्धस्थलहरु लुम्बिनी, कपिलवस्तु, रामग्रामलगायतका स्थलहरु समेटेर एकीकृत लुम्बिनी विकास गुरुयोजना तयार गर्ने बताए।

लुम्बिनी विकास गुरुयोजना अन्तर्गतका करीब १६ वटा पूर्वाधारका काम निर्माण गर्न बाँकी छन्। ती पूर्वाधारका काम पूरा गर्न अरु ६ अर्ब रुपैयाँ आवश्यमक छ।

लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ।कोषले आगामी तीन वर्षभित्र गुरुयोजना सम्पन्न गर्ने लक्ष्य राखेको कोषका सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए।

ग्लोबल टेण्डरमार्फत बढिमा ३ वर्षभित्र गुरुयोजना सक्ने योजना कोषको छ। ग्लोबल टेण्डरमार्फत काम सुरु भएपछि निर्धारित समयमै काम सम्पन्न हुने र विकास कोषले सौन्दरीकरणको कामलाई जोड दिने सोंच बनाएको छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top