मदिरा र सुर्तिजन्य सामग्रीको कर बढ्यो

समाज जेठ १५ २०७६ ekhabarnepal

काठमाडौं,जेष्ठ १५
 सरकारले मदिरा र सुर्तिजन्य सामग्रीमाथीको कर बढाउने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले संयुक्त संसदमा वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्यलाई प्रतिकुल असर गर्ने मदिरा र सुर्तिजन्य सामग्रीमाथीको कर सामान्य बढाईएको बताए। यद्यपी कति बढ्यो भन्नेबारे केही खुलाइएको छैन।

कर बढेसँगै मदिरा र सुर्तिजन्य सामग्रीको बजार मुल्य बढ्ने संकेत देखिएको छ। सरकारले आगामी आर्थिक वर्ष ९ खर्ब ८१ अर्ब रुपैयाँ राजस्वबाट उठाउने लक्ष्य राखेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top