सवारी साधनको चाप घटाउन मेट्रो,मोनोरेल, फ्लाई ओभर र अन्डर पास

अर्थ जेठ १५ २०७६ ekhabarnepal
Download

काठमाडौ, १५ जेठ– सरकारले काठमाडौं उपत्यकामा मेट्रो र मोनोरेल सञ्चालनसम्बन्धी कार्य अगाडि बढाउन आगामी आर्थिक वर्षका लागि ७ अर्ब ७० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा तथा देशका अन्य शहरमा मेट्रो तथा मोनो रेलको संभाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

 त्यस्तै सवारी साधनको अत्यधिक चाप रहने राजधानीको नयाँ वानेश्वरमा अन्डर पास बनाउने भएको छ।

यसैगरी सरकारले त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभर निर्माण गर्ने भएको छ। सोसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने अर्थमन्त्री खतिवडाले जनाए।

काठमाडौं चक्रपथ सडक विस्तार गर्न निर्माण सम्पन्न गर्न १ अर्ब ८१ करोड विनियोजन गरिएको उनले जनाए।

 

प्राप्त प्रतिकृयाहरू

To Top