कालिगण्डकी डाइभर्सन दुई प्रदेशको बिबाद हैन ःमहासचिव पौडेल

राजनीति जेठ १३ २०७६ ekhabarnepal
3

२७ महिनामा सम्पन्न हुन्छ बुटवल प्रर्दशनी केन्द्र  
अमृत गिरी

 
बुटवल,जेठ १३ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आगामी आर्थिक वर्ष तीब्र बिकासको आर्थिक वर्ष बनाउने तयारी भएको बताउनु भएको छ ।
बुटवल उप महानगरपालिकाको बुटवल मण्डपमा निर्माण हुने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै महासचिव पौडेलले सरकारले आगामी वर्ष इतिहासकै तिब्र बिकासको वर्ष बनाउन लागेको बताउनु भयो । 
उहांले जेठ १५ गते सरकारले प्रस्तुत गर्ने बजेटको कार्यान्वयनसंगै देशमा मानव बिकास, आर्थिक बिकास र पर्यटन बिकासले तिब्र गति लिने बिश्वास ब्यक्त गर्नुभयो । सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्षलाई सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गरेको उहांको दाबी छ ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका महासचिव पौडेलले कालिगण्डकी डाइभर्सन दुई प्रदेशको बिबादको बिषय नभएको जिकिर गर्दै रिडी रुद्रबेनीमा निर्माण हुने बांधबाट बांध मुनीका जनतालाई सिंचाईको अभाव नहुने गरि निर्माण गर्ने परियोजना नै कालि गण्डकी डाईभर्सन भएको बताउनु भयो ।
बुटवलमा निर्माण हुने प्रदर्शनी कक्षमा १ लाख मानिसले अवलोकन गर्न सक्ने २० हजार मानिस अटाउन सक्ने ४ सय बढी गाडी र मोटरसाईकल पार्किङ हुन सक्ने बातानुकुलित प्रदर्शनी कक्ष निर्माण हुन लागेको जानकारी दिंदै उहाँंले प्रदर्शनी कक्षको निर्माणबाट बुटवल र प्रदेशको आर्थिक बिकासमा ठूलो टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै भौतिक योजना मन्त्री बैजनाथ चौधरीले शिलान्यस गरेरमात्र नहुने शिलान्यास भएको परियोजना समयमा पूरा हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक मनिराम गेलालले १ अर्व २ करोडको लागतमा निर्माण हुने प्रदर्शनी कक्ष २७ महिनामा सम्पन्न हुने लक्षका साथ काम सुरु गरिएको जानकारी दिनुभयो ।
सुबिधा सम्पन्न प्रदर्शनीक कक्षका अभावमा बुटवल क्षेत्रमा बिभिन्न ब्यवसायीक संस्थाहरुले आयोजना गर्ने मेला महोत्सवको नाममा करोडौं अनुत्पादक खर्च हुने गरेको थियो । 


बुटवलको मुहार फेर्ने योजना
पाँच नम्बर प्रदेशको राजधानी बुटवलको मुहार फेरिने गरी अर्को नयाँ कामको सुरुआत भएको छ । भौतिक पूर्वाधार विकासमा तीव्र फड्को मार्दै आएको बुटवलमा अत्याधुनिक सभाहल तथा प्रदर्शनी केन्द्र बन्ने प्रक्रियाको औपचारिक थालनी भएको छ । 
बुटवल उप–महानगरपालिका– १०, रामनगर स्थित बुटवल मण्डपमा प्रस्तावित अन्तर्राष्ट्रीय स्तरको उच्च प्रबिधियुक्त ‘बुटवल प्रदर्शनी केन्द्र’ निर्माणका लागि मंगलबार ग्लोबल टेण्डर आब्हान भएको छ ।
नेपाल सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास र भवन निर्माण विभाग अन्तर्गतको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले बोलपत्र आह्वान गरेको हो । छ महिना भित्रमा बोलपत्रको प्रक्रिया सक्ने गरी काम सुरु गरिएको परियोजना प्रमुख शिखर लामाले जानकारी दिनुभयो । सुरु भएको २७ महिनामै यस्को निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको प्रमुख लामाले जानकारी दिनुभयो ।
यस्तो डिजाइन भएको छ प्रदर्शनी केन्द्रको
बुटवलको राजमार्ग चौराहबाट पूर्वपट्टि रहेको बुटवल मण्डपको कुल जग्गा साढे १६ बिघा रहेको छ । यहीँ जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल बन्न लागेको हो । साढे १० बिघा क्षेत्रफलमा अहिले अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (सभाहल) निर्माणको काम चलिरहेको छ । आकासबाट हेर्दा नेपाली राष्ट्रिय झण्डा आकारमा यो प्रदर्शनी स्थलको निर्माण हुने छ । मण्डपमै रहेको बाँकी ६ बिघा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाइने छ । 
एक अर्ब ५० करोड भन्दा बढी लागत अनुमान गरिएको यो प्रदर्शनी स्थल मुलुककै नमुना हुने छ । बुटवल मण्डपमा बन्ने यो सभाहल तथा प्रदर्शनी केन्द्र मुलुककै ठूलो र आकर्षक हुने दाबी गरिएको छ । यस्को प्रदर्शनी केन्द्रमै हरियालीसहितका चिल्डेन पार्क, आधुनिक मिटिङ हल, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका पेवेलियनहरु तयार पारिनेछन् ।
प्रदर्शनीका लागि ट्रस्ट सिस्टमको ठूलो हलमा १२ हजार स्क्वायर मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूल स्थलको डिजाइन गरिएको छ । यहाँ तीन सय ५० देखि चार सय वटा सम्म स्टलहरु राख्न मिल्ने छ । स्टाण्डर्ड खालका स्टलहरुलाई आवश्यक परेका बखतमा घटाउन÷बढाउन मिल्नेगरी डिजाइन गरिएको छ ।
खुला स्थानमा ठूला–ठूला उपकरणहरुको छुट्टै प्रदर्शनी गराइने छ । त्यहाँ डोजर, लोडर, गाडीलगायतका साधनहरुको प्रदर्शनी हुने छ । यस्तै तीन सय ५० र दुई सय ५० स्क्वायर मिटरका दुई वटा ठूला मिटिङ हल पनि बन्ने छन् । तीन सय ५० स्क्वायर मिटरमै व्यवस्थित भोजनालय बन्ने छ । 
प्रदर्शनी स्थलमा पाँच सय स्क्वायर मिटरमा आकर्षक हरियालीसहितको बाल उधान बन्ने छ । मण्डप परिसरमा रहेको गणतन्त्र स्मारकलाई स्थानन्तरण गरेर थप आकर्षक क्षेत्रमा सार्ने गरी डिजाइन गरिएका आयोजना प्रमुख लामाको भनाइ छ । स्तम्भका लागि छुट्टै पोखरी निर्माण गरेर दीपसहितको स्थानमा सारिने छ ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको अर्को ड्रिम प्रोजेक्ट हो यो । पौडेल अर्थमन्त्री बनेका बेलामा यस्तै ड्रिम प्रोजेक्टका लागि सबैभन्दा धेरै बजेट रुपन्देहीकै लागि विनियोजन गर्नुभएको थियो । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रलगायतको निर्माणको संकल्प उतिबेलै गुर्नभएको थियो । लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रलाई विकासको रोलमोडल बनाउने उहाँको संकल्प हो । 
बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीले प्रदर्शनी केन्द्र निर्माणको बोलपत्र आह्वानको औपचारिक प्रक्रियाले आफुहरु खुशी भएको बताउनुभयो । बुटवलका लागि अर्को गौरवको विषय थपिएको उल्लेख गर्दै प्रमुख सुवेदीले तोकिएको समयमै निर्माण कार्य सम्पन्न होस् भन्ने आम बुटवलबासीको चाहना रहेको बताउनुभयो । ‘बुटवल अर्थात् बुद्धबल्लीलाई मुलुककै प्रमुख केन्द्रका रुपमा विकास गर्ने अभियान स्वरुप अर्को नयाँ कामको थालनीले बुटवलबासी सबैलाई खुशी बनाएको छ यो तोकेको समयमै पूरा होस्’ प्रमुख सुवेदीको भनाइ छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top