निर्यातजन्य उद्योगमा आकर्षित गर्न अनुदान र तालिमको व्यवस्था 

अर्थ जेठ १२ २०७६ ekhabarnepal
2100296909nn


बुटवल,जेठ १२  ।
बढ्दो ब्यापार घाटा कम गर्न प्रदेश ५ बाट निर्यातजन्य वस्तुको सम्भावना राम्रो भएकाले सरकार र नीजि क्षेत्रले एकसाथ योजनाबद्ध काम गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश ५ र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा आज बुटवलमा भएको प्रदेश नम्वर ५ मा उत्पादित बस्तु तथा सेवाहरुको पहिचान, निर्यात प्रर्वद्र्धन तथा अन्तर प्रादेशिक व्यापार अभिबृद्धि सम्वन्धी अध्ययन बारे छलफल तथा अन्तरक्रिया  कार्यक्रमका सहभागिहरुले सरकारले पहिलो प्राथमिकता आन्तरीक खपत र त्यसपछी निर्यातलाई प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने बताएका छन ।

त्यस अवसरमा बोल्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्दै उद्योग र पर्यटनबाट प्रदेशलाई समृद्ध बनाउने योजनाका साथ प्रदेश सरकारले काम गरीरहेको बताउनु भयो  ।
उहाले युवालाई स्वदेशमा निर्यातजन्य उद्योगमा आकर्षित गर्न प्रदेश सरकारले अनुदान र तालिमको व्यवस्था गरीदिने बताउनु भयो ।
उहाले युवालाई स्वरोजगार बनाई स्वदेशमा नै रोजगारीका अवसर श्रृजना गर्न सके मात्र अहिलेको व्यापार घाटा कम गर्न सकिने बताउनु भयो ।
त्यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष डां प्रकाश कुमार श्रेष्ठले प्रदेश सरकारले योजनामा आधारित नीति कार्यक्रम ल्याएको र अव यही अनुसार बजेट ल्याउने जानकारी दिदै सिमति श्रोत भएपनि कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिई यिनै क्षेत्रबाट व्यापार घाटा कम गर्ने र निर्यात बढाउने सरकारको लक्ष्य रहेको बताउनु भयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुरेश खनालले संघीय सरकार अन्र्तगत केन्द्र रहेपनि प्रादेशिक संरचनामा प्रदेशहरुबाट निकासी कसरी बढाउने भन्नेमा केन्द्रले अध्ययन गरीरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले प््देश ५ बाट कृषि तथा जडिबुटी, पर्यटन र उद्योगबाट निकासीको प्रयाप्त सम्भावना रहेकाले प्रदेश सरकार र सरोकारवालाहरुसंग मिलेर महासंघले औद्यागिक र लगानीको वातावरण बनाउने प्रयास गरीरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रिय सदस्य एजाज आलम, नेपाल चेम्वर अफ कर्मशका केन्द्रिय सदस्य टंक पोखरेल, महासंघका प्रदेश उपाध्यक्ष दिपक पौडेल, सदस्य कृष्ण कुमार श्रेष्ठ, उज्ज्वल कसजू, गुल्मि उद्योग वाणिज्य संघका अध्यक्ष,सिद्धार्थनगरका बरिष्ठ उपाध्यक्ष भिष्म न्यौपाने, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेज कुमार पाठक, डा. रोहित राज क्षेत्री, नरीश्वर शर्मा, आनन्द वझा लगायतले बोल्नु भएको थियो 
कार्यक्रममा केन्द्रका बरिष्ट अधिकृत शान्ती मल्लले यस क्षेत्रको चुनौति र सम्भावनाका सम्वन्धमा कार्यपत्र पेश गर्नु भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top