बुटवलमा अत्याधुनिक प्रदर्शनी स्थल वन्दै

समाज जेठ ११ २०७६ ekhabarnepal
1


बुटवलस्थित बुटवल मण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल वन्दैछ । सो स्थलको शिलान्यास नेकपाका महासचिव, पूर्व अर्थमन्त्री र रुपन्देहीको २ नं क्षेत्रका सांसद विष्णुप्रसाद पौडेलले सोमवार विहान गर्नुहुनेछ । स्थायी प्रकृतिको यो प्रदर्शनी स्थल पौडेलको महत्वाकांक्षी परियोजना हो । 
उहाँकै योजना अनुसार उक्त स्थलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र वनिरहेको छ । महासचिव पौडेल आइतवार विहान रुपन्देही आउँदै हुनुहुन्छ । आइतवार विहान ९.३० वजे बुटवल पार्टी कार्यालयमा कार्यकर्तासंग भेटघाट, ११ वजे मिलन पार्कको अवलोकन, ११.३० वजे सैनामैनामा जग्गाधनी पूर्जा वितरण र दिउसो २ वजे परासीमा नेकपाको जिल्ला कमिटीलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी पार्टीले गराएको छ ।

त्यस्तै सोमवार विहान बुटवल मण्डपमा प्रदर्शनी स्थलको शिलान्यास पश्चात् ११ वजे रुपन्देही जिल्ला कमिटीलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । 
यस्तो वन्दैछ प्रदर्शनीस्थल । 


प्राप्त प्रतिकृयाहरू

To Top