गोरुसिंगेका १४ वटा घरटहरामा डोजर लगाइयो

समाज जेठ १० २०७६ ekhabarnepal
2


कपिलबस्तु जेठ १० । कपिलवस्तुको बुद्धभूमि नगरपालिका जयनगर स्थित (गोरुसिंहे) बजार क्षेत्रमा सरकारी जग्गा र वन अतिक्रमण गरी बनाईएका १४ वटा घरटहरामा वन कार्यालयले डोजर  लगाएको छ । 
विगत १८ वर्षदेखि जयनगर बजारमा पसल संचालन गरिएका १४ वटा घरटहरामा डोजर लगाइइको हो ।
तीन महिनादेखि घरटहरा हटाई सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपनि अटेर गरेपछि शुक्रवार डोजर लगाएर खाली गरिएको डिभिजन बन कार्यालय कपिलवस्तुले जनाएको छ ।
शुक्रवार डिभिजन बन कार्यालयसंगै बुद्धभूमि नगरपालिका, त्रिशुली सामुदायिक बन र स्थानीयवासीको अगुवाइमा घरटहरा हटाएर जग्गा खाली गरिएको बताईएको छ । भत्काईएका घरटहरामा अधिकांश चियाखाजा पसल संचालन गरिएका थिए ।
उनले जिल्लाका अन्य ठाउंमा पनि अतिक्रमणमा परेको वन क्षेत्र यहि कार्य्विधी अपनाइ खाली गरिने बताए । शसस्त्र प्रहरी, नेपाल प्रहरी र शसस्त्र वनरक्षकको उपस्थितिमा घरटहरामा डोजर लगाईएको थियो ।
वन क्षेत्र अतिक्रमण गरी लामो समय बसेपछि डिभिजन वन कार्यालय, त्रिशुली सामुदायिक बन, बुद्धभूमी नगरपालिका र सम्वन्धित वडा कार्यालयले समेत पटक पटक घरटहरा हटाई अन्यन्त्र स्थानान्तरण हुन आग्रह गर्दै आएको त्रिशुली सामुदायिक बनका अध्यक्ष निलकुमार श्रेष्ठले जानकारी दिए ।

तर भत्काइएका १४ घरटहरा मध्ये सामुदायिक बनकै अध्यक्षले एउटा टहरो बेचबिखन गरेका थिए । मैले २०५९ सालमा निलकुमार श्रैष्ठसंग १२ हजार रुपैयामा उक्त ठाउ किनेकी हुं अहिले आफै आएर भत्काई दिए । पिडीत मधुले  भनिन । सो टहरो विक्री गरेपछि श्रैष्ठले दक्षिणतिर अर्को जग्गा किनेका थिए भने सो पनि विक्री गरेका थिए ।

२०५३ सालदेखि होटल तथा पसल सञ्चालन गर्दै आएका उनीहरुले विकल्प खोेजेरमात्र डोजर लगाउनुपर्नेमा जोड दिएका छन् । 

वन कार्यालयले सूचना जारी गरेपछि उनीहरु अदालतमा पुगेका थिए । अदालतले आन्तरीम आदेश नदिई २२ गतेका लागि पेशी तोकेको थियो । 
पिडितहरुले नगरपालिका बन कार्यालय र सामुदायिक बनले अदालतमा रिट निवेदन परेको जान्दा जान्दै पनि जर्वजस्ती भत्काएको गुनासो गरे । उक्त मुद्धामा यहि जेठ ६ गते दुवै तर्फबाट बहस भएको जनाईएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top