संसदीय पत्रकारले ज्ञान, शीप र क्षमता वढाउन जरुरी 

राजनीति जेठ ७ २०७६ ekhabarnepal
Samsadiya

लुुम्बिनी,जेठ ७ । कान्छो पत्रकारिताको रुपमा मोफसलमा पनि संसदीय पत्रकारिताको अभ्यास भएकोले पत्रकारहरुले आ आफ्नो ज्ञान, शीप र क्षमता वढाउनुपर्ने कुरामा जोड दिएका छन ।
 सोमबारदेखि लुुम्बिनीमा आयोजित संसदीय पत्रकार अन्तर प्रदेश सम्मेलनको अवसरमा बोल्दै संसदीय मामिलाका सरोकारवालाहरुले यस्तो धारणा राखेका हुुन ।

तीनै तहका सरकारहरुवाट कानून बनाउने अभ्यास भइरहेका बेला नयाँ कानूूनहरु आम जनताको हितमा भए नभएकोबारे पत्रकारहरु चनाखो हुुनुपर्ने कुरामा पनि सरोकावालाहरुले जोड दिएका छन् ।

 सो अवसरमा बोल्दै पाँच नम्बर प्रदेशसभाका उपसभामुख कृष्णी थारुले तीनै तहका सरकारहरुले नयाँ अभ्यास गरिरहेकाले कमी कमजोरी समिक्षा गरेर अगाडि बढनुुपर्ने बताइन ।

नीति, कानूून निर्माण गर्ने काम प्रदेशसभाको भए पनि यस्ता नीति कानून आम जनतामा लैजान पत्रकारहरुको भूमिका महत्वपूूर्ण हुुने उनले बताइन् ।

संसद सञ्चालनको लागि सभाहल, सचिवालय, विषयगत समिति संसदीय दलका कार्यालय, पुस्तकालय महत्वपूूर्ण रहेको भन्दै उपसभामुुख थारुले ति संरचना निर्माणमा ध्यान दिइरहेको बताइन् ।

संसदीय मामिला पत्रकार समाजकी उपाध्यक्ष कृष्णा पौडेलले संसदीय मामिलाको रिर्पो्टिङमा प्रदेश स्तरमा भएका प्रयास प्रशंसनीय भएको बताइन । 
पत्रकार महासंघ प्रदेश नम्बर पाँचका उपाध्यक्ष भरत केसीले प्रदेश तहमा पनि अहिले विट पत्रकारिताको अभ्यास भइरहेको बताए ।
संयुुक्त राष्ट्रसंघीय विकास परियोजना, संसद सहयोग परियोजना प्रतिनिधि दिला पन्तले नीति निर्माण र कानून निर्माण जस्ता जनतासँग जोडिने कुुरामा सरोकारवालाहरुलाई जवाफदेही बनाउन जरुरी रहेको बताए ।

अन्तर प्रदेश सम्मेलन सँगै संसदीय मामिला बारेको प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूूर्व अध्यक्षद्धय तारानाथ दाहाल र शिव गाउले,पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डी.आर. घिमिरेले सहजीकरण गरिरहेका छन् । सोमबार सुुरु भएको कार्यक्रम बुुधबार सकिने आयोजकले जनाएका छन ।

संसदीय मामिला पत्रकार समाज प्रदेश नम्बर पाँचको आयोजना र राष्ट्रसंघीय विकास परियोजना, संसद सहयोग परियोजनाको सहकार्यमा भएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद घिमिरेको अध्यक्षता, महासचिव सीपी खनालको सञ्चालन र उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापनमा सम्पन्न भएको हो ।

कार्यक्रममा सातवटै प्रदेश बाट ४० जना बढी पत्रकारहरुको सहभागीता रहेकोे छ । सो अवसरमा संसदीय मामिला पत्रकार समाज प्रदेश नम्बरका अध्यक्ष गणेश लम्साल, प्रदेश २ का उपाध्यक्ष कैलास दास, प्रदेश ३ का अध्यक्ष राममणि दाहाल, गण्डकी प्रदेशका सचिव विशन क्षेत्री, प्रदेश पाँचका अध्यक्ष विष्णुु घिमिरे, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुुर थापा, सुुदुुरपश्चिम प्रदेशका अध्यक्ष प्रकाश विक्रम शाहले प्रदेशका गतिविधिको बारेमा जानकारी गराएका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top