एसियन फार्मास्युटिकलमा भिषण आगलागीवाट ५० करोडको क्षति

समाज जेठ ७ २०७६ ekhabarnepal
1


तिलोत्तमा,जेठ ६ ।
 एसियन फार्मास्युटिकल प्रालिमा भिषण आगलागी हुँदा कम्तीमा ५० करोडको औषधि नष्ट भएको अनुमान गरीएको छ । 
रुपन्देहीको ओमशतिया गाउपालिकाको वडा नम्वर १ खुन्सा स्थित सो औषधि उद्योगमा सोमवार अपरान्ह साढे ४ बजे एक्कासी आगलागी भएको हो । आगो नियन्त्रणका लागि डेढ घण्टा पछी मात्रै दमकल पुगेका थिए । आगो नियन्त्रणको प्रयास भईरहेपनि राती अवेरसम्म नियन्त्रण हुन सकेको थिएन । आलागीबाट निकै ठूलो क्षति भईसकेको र थप क्षति हुन नदिन प्रयास गरीरहेको कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालले जानकारी दिनु भयो । 
उद्योगको गोदाम घरमा आगलागि भएकोले तयारी अवस्थाका औषधि जलेर नष्ट भएका हुन् । रुपन्देही र कपिलवस्तुको सातवटा दमकल प्रयोग गर्दा पनि आगो निभउन हम्मे हम्मे परेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top