सैनामैनाका घरवारविहिनलाई नमुना बस्ती 

समाज जेठ ६ २०७६ ekhabarnepal
S 1


टिका खरेल,

सैनामैना जेठ ६ ।
सैनामैना नगरपालिकामा नमुना बस्तीको काम आजदेखि सुरु भएको छ । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत नगरको वडा नं ११ मा बन्न लागेको नमुना बस्तीको एक कार्यक्रमका बिच सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले शिलन्यास गर्नुभएको हो । 
शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले नगरको विकाशको कामबाट बिस्थापित भएका र घरवार बिहिन भएका अति विपन्न नगरबासीलाई लक्षित गरी नमुना बस्ती बनाउन लागिएको बताउनुभयो । 
उहाँले भन्नुभयो –“यो नगरपालिकामा घरवार बिहिन अवस्थामा कुनै पनि परिवार बस्न नपरोस् भन्ने हिसाबले बस्ती निर्माण गरेका हौ । ”
 उहाँले अहिले नगरपालिकामा बाटो चौडा गराउने काम भईरहेको हुँदा यो कार्यमा सबै स्थानियले सहयोग गर्न समेत अपिल गर्नुभयो । 
नमुना बस्तीमा ५० वटा घर बन्नेछन् । जसअन्तर्गत यसै आर्थिक वर्ष भित्रमा ५ वटा घर र कम्पाउण्ड वालको काम सम्पन्न हुने नगर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनुभयो । आर्किटेक इन्जियनर मिलन भुर्तेलले नमुना बस्तीको निर्माण प्रक्रिया र बन्ने संरचनाको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । 
वडा नं ११ का वडाध्यक्ष सुनिल मरासिनीले वडा भित्र बन्न लागेको नमुना बस्ती नेपालकै नमुना बस्ती बन्ने बताउनुभयो । मरासिनीले यसलाई एक पर्यटकीय गन्तव्यका रुपमा समेत विकाश गरिने बताउनुभयो । साथै यस निर्माण कार्यमा वडाबासीको साथ र सहयोगको रहने विश्वास व्यक्त गर्नुभयो । 
नमुना बस्तीमा सामुदायिक भवन, सहकारी पसल, खेल मैदान, पार्किङ,सार्बजनिक शौचालय, पार्क लगायतका संरचना सहितको नमुना बस्ती हुनेछ । घर तथा कम्पाउण्ड वालका लागि यस आर्थिक बर्षमा १ करोड १० लाख बजेट बिनियोजन भएको छ ।
सैनामैना न.पा.वडा नं ११ का वडाअध्यक्ष सुनिल मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सैनामैनाका प्रसाशन शाखाका सन्त कुमार चौधरीले गर्नु भएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top