त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु

समाज जेठ ५ २०७६ ekhabarnepal
Bus 3

काठमाडौं, जेठ ५ गते । काकडभिट्टा बाट काठमाडौं आउदै गरेको ना ७ ख नम्बरको बस धादिङको गजुरी गाउँ पालिका ६ बनठे टारमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन । दुई जनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा २९ जना घाइते भएका छन ।
   ईलाका प्रहरी कार्यालय गजुरिका प्रमुख नबराज ढुङ्गेलका अनुसार घाइतेको उद्धार सकियो । २९ घाइते लाई गजुरिमा सामान्य उपचार पछि काठमाडौं पठाइएको छ । १५ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको कारण चालक निदाएको वा प्राविधिक खुल्न बाकी रहेको बताए ।  गाडी सडक बाट ५० मितर तल खसेको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top