बिपदमा परेकालाई सैनामैनाले गर्यो सहयोग

समाज जेठ ५ २०७६ ekhabarnepal
1


टिका खरेल
बैशाख ५ 
सैनामैना नगरभित्र बिभिन्न कारणले बिपदमा परेर क्षती भएका परिवारलाई सैनामैना नगरपालिकाले आर्थिक सहगोग गरेको छ ।  
  हावाहुरी, आगोलागी लगायतका कारणले क्षती भएका ७ जनालाई सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले राहत रकम हस्तान्तरण गर्नु भएको हो । 
राहत हस्तान्तरण गर्दै सैनामैनाका नगर प्रमुख कार्कीले आपद बिपद बिना कुनै जानकारी एक्कासी आउने हुँदा यसमा परेकाहरु पिडामा  हुने हुदा र उहाहरुको पिडा केही कम गराउन सैनामैनाको बिपद ब्यवस्थापन समिति मार्फत निर्णय गरी केही रकम सहयोग गरीएको बताउनु भयो । भबिष्यमा आई पर्ने बिपदको लागि समेत नगरपालिकाले योजना बनाई रहेको बताउदै अन्तरपालिका बिपद ब्यवस्थापन समिति बनाएर बारुण यन्त्र ल्याउन लागिएको बताउनु भयो । 
हावाहुरीले घरको छानो उडाएका सैनामैना ७ का किस्मती थारु ,सुमित्रा देबी दमाई टेलरमा आगलागी भएका सैनामैना ४ को पुजन टेलर्स ,गाईगोठमा आगलागी भएको बिष्णु माया पौडेल, अन्नतराम थारु, खेत बहादुर थारु र हस्त बहादुर बि.क लाई आज राहत रकम हस्तान्तरण गरीएको हो । 
 हावाहुरीले घरको छानो नै उडाएको दुखको समयमा राहत दिएर आफुहरुको पिडामा सहयोग सम्बोधन गरेकोमा नगरपालिकाले प्रशासनिय काम गरेको सुमित्रा देबी दमाईले बताउनु भयो । बिधुत सट भएर पसलमा आगो लागी भए पछि कसरी पुन पसल संचालन गर्ने भन्ने चिन्ता रहेको अवस्थामा नगरपालिकाले दिएको राहतले पुन पसल संचालन गर्न सहयोग भएको पुजन टेलर्सका संचालक सैनामैना ५ का शिव कुमार परियार बताउनु हुन्छ । 
सैनामैना नगरपालिकाले यस अघि पनि सैनामैनामा आई पर्ने बिपद ब्यवस्थापन गर्नको निम्ती यहा रहेका दुई वटा प्रहरी चौकीमा बिपद ब्यवस्थापनको निम्ती आवश्यक पर्ने बिभिन्न साधन र उपकरण हस्तान्तरण गरेको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top