सिद्धार्थ राजमार्गमा शंकास्पद बस्तु फेला 

समाज जेठ ४ २०७६ ekhabarnepal
Boom lumbini

लुम्बिनी,जेठ ४ : लुम्बिनीमा बुद्धजयन्ती मनाइरहेका बेला बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटिएको छ । सिद्धार्थराजमार्गको कोटिहवामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेको हो ।

सो बस्तु डिस्पोजलका लागि सेनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । बमजस्तो बस्तु भेटिएपछि सवारीसाधन आवतजावत रोकिएका छन् । बुद्धजयन्तीकै अघिल्लो दिन शुक्रबार राति रुपन्देहीका कञ्चन गाउँपालिकाको कञ्चन खोलामा कुकर बम विस्फोट भएको थियो ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी गएका थिए । राष्ट्रपतिको आज लुम्बिनी प्रस्तान कार्यक्रम छ । अहिले लुम्बिनीको सुरक्षा व्यवस्था काडा पारिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top