समृद्धीका लागि व्यावसायिक सहकारिताको जरुरी

समाज जेठ ३ २०७६ ekhabarnepal
298641865cm 5 aexiskk4qo


चर्को ब्याज तत्काल रोक्नुपर्छ ः मुख्यमन्त्री 
बुटवल, जेठ ३
दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ ५ नं. प्रदेशले आयोजना गरेको समृद्ध प्रदेश निर्माणका लागि व्यावसायिक सहकारिता विषयक कार्यशाला गोष्ठीले सहकारीलाई विशिष्टकृत गर्दै ब्यावसायिक वनाउने प्रतिवद्धता ब्यक्त गरेको छ । ९ वूदे प्रतिवद्धता निम्न अनुसार छन् ।
१ .हामी कार्यशालाका सहभागीहरु यस प्रदेशमा सहकारी अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गरी सहकारीको दीगो र संस्थागत विकासका साथै प्रवद्र्धन गर्नका लागि नीति, नियम, कार्यविधी, निर्देशिका निर्माण गरि सहकारी मैत्री वातावरण निर्माणमा प्रतिवद्धता जाहेर गर्दछौं ।
२. हामी प्रदेश नं ५ का सहकारीलाइ स्थानीयकरण गर्दै वित्तीय क्षेत्रमा क्रियाशिल सहकारीलाइ उत्पादन क्षेत्रमा लगानी गर्न अभिप्रेरित गरी हरेक सहकारीलाइ उत्पादन केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
३. सहकारीलाइ समुदाय केन्द्रित बनाउनका लागि जनशक्तिको क्षमता अभिवृद्धि र शेयर सदस्यहरुको व्यावसायीक योजना निर्माणमा सहजीकरण गरी सहकारीको मर्मलाइ आत्मसात गर्ने कार्यक्रम अघि वढाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
४. सहकारीमा सुशासन स्थापना गर्न पारदर्शिता र जवाफदेहिता कायम गर्न प्रदेश स्तरवाट अनुगमन तथा मूल्यांकनलाइ अगाडि बढाउन अनुगमन तथा मूल्यांकन कार्यदल तथा लेखाव्यवस्थापनका लागि लेखा परिक्षण कार्यदल गठन गरेर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
५. सहकारीको माध्यमवाट समग्रतामा गरिनु पर्ने विकास लाइ उद्देश्य केन्द्रित र गुणात्मक बनाउन सहकारीको एकीकरण कार्य लाइ प्रोत्साहन गर्ने प्रतिवद्धता जाहेर गर्दछौ।
६ .विशिष्टीकृत संघको स्थापना गरि उत्पादन, प्रशोधन र वजारीकरणमा संघहरुको भूमिका बढाउँदै उत्पादनमा प्रारम्भिक संस्थाको भूमिका वढाउन ठोस योजना बनाइ लागु गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
७. सहकारीको क्षमता विकासका लागि भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यदल बनाइ आवश्यक पाठयक्रम निर्माण गरि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गर्दछौं ।
८ .प्रदेशस्तरमा सहकारी प्रवद्र्धन तथा नियमनका लागी आवश्यक संरचना तथा विकास बोर्ड गठन गरी सहकारी संस्थाहरुलाई आवस्यक सेवा प्रदान गर्ने तथा विकास वोर्ड मार्फत सहकारी विकासकोषको परिचालन, अध्ययन अनुसन्धान तथा व्यवसायिक योजना निर्माण गरी यस प्रदेशको समृद्धिमा ठोस योगदान पु¥याउने प्रतिवद्धता ब्यक्त गर्दछौं ।
९. सहकारी क्षेत्रका विविध उत्पादनलाई प्रशोधन, व्रण्डीङ,लेवलिङ गरि अन्तराष्ट्रिय वजारमा समेत जान सक्ने गरी यसको आधार निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्दछौं ।
यस अँघि गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले गरिवी निवारणमा व्यावसायिक सहकारीता र सहकारी कोष परिचालन, नेपाल सरकारका सचिव गोपिनाथ मैनालीले वर्तमान ऐन नियम तथा भावी दिशा र सहकारी विज्ञ डा. खगराज शर्माले समृद्ध प्रदेश निर्माणमा व्यावसायीक सहकारिता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
उक्त गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले सहकारीहरुको काम स्थानीय आर्थिक स्थिति न्युन भएका व्याक्तिहरुको जीवनस्तर माथि उठाउनुपर्ने भन्दै यसलाई व्यापारीकरण नगर्नको लागि आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेलले बचत तथा ऋणको नाममा सहकारीहरुले मिनि बैंक जस्तै चर्को ब्याज अशुल्ने, व्यापारीकरण गर्ने कार्यमा लागेको भन्दै उक्त कार्य तत्काल रोक्नुपर्ने बताउनुभयो ।
सहकारीहरुलाई स्थानीय तहसँग जोडेर विकास गर्नुको विकल्प नभएको मुख्यमन्त्री पोखरेलको भनाई रहेको थियो । कृषिलाई आधुनिकीकरण गर्नको  लागि सहकारीहरुको मुख्य भूमिका रहेको भन्दै तर यसमा सोचेजस्तो गरी विकास नभएको बताउनुभएको थियो  । कार्यक्रममा केन्द्रीय सहकारी महासंघका अध्यक्ष तथा नेपाल सरकारका  पूर्वमन्त्री केशव बडालले सहकारीहरुले नेपालमा गरेको कार्य उत्कृष्ट रहेको बताउनुभयो ।
उहाले सबैको साथ र सहयोग प्राप्त भएमा अझै धेरै कार्य गर्न सक्ने धारणा राखे ।
 ५ नम्बर  प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले  प्रदेश सरकारले केही नमुना कार्यको सुरुवात गरेको बताउनुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top