मदन भण्डारीेको विचार उत्कृष्ट – अध्यक्ष सुवेदी

राजनीति जेठ ३ २०७६ ekhabarnepal
4

बुटवल,जेठ ३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले मदन भण्डारीले प्रतिवादन गरेको विचार र सिद्धान्त अनुसार राज्यसत्ता सञ्चालन भएको हुँदा मदन आश्रितको विचार उत्कृष्ट भएको बताउनुभएको थियो ।  २६औं मदन आश्रित स्मृति दिवसको अवसरमा मदन आश्रित स्मृति अक्षयकोष रुपन्देही क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष सुवेदीले स्थानीय निकायहरु भविष्यमाबिस्तारै आफ्नो विकास, निर्माण र आफ्नो क्षेत्रका समस्याहरु हल गर्नका निम्ति आफैं स्वावलम्बीहुन सकून्, आफैं निर्णायक ढंगले जान सकून् र आफ्नो ठाउँको बौद्धिक प्रतिभा, मानवीयश्रमशक्ति र अरु जे साधनस्रोत छ, त्यो साधनस्रोतलाई ठीक ढंगले प्रयोग गर्नसक्ने बनून् भन्नकानिम्ति स्थानीय निकायहरुलाई स्वायत्त शासनको निकायका रुपमा स्थापित गर्ने माग मदन भण्डारीको भएको बताउनुभएको थियो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका सुवेदीले मदन आश्रितको नाममा सञ्चालन गरिएको यो अक्षयकोष क्षेत्रीय स्तरमा मात्र नभएर जिल्लास्तरमा विस्तार गरिने बताउनुभएको छ । वहाँले यस कोषलाई आम जनतासामु पु¥याउने गरी सदस्यता विस्तार गर्न आब्हान गर्नुभएको थियो ।  बुटवलको पुष्पलाल पार्कमा भएको कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ का प्रत्येक वडाका १ जनाका दरले छात्रवृत्ति वितरण गरिएको थियो भने विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

 कोषका अध्यक्ष झविलाल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता नेत्र पन्थी, प्रदेश कमिटी सदस्य भोजप्रसाद श्रेष्ठ, नन्दिकेशर ढकाल, जिल्ला सदस्य तेजेन्द्र के.सी., बिमला पन्थी, बाबुराम पन्थी, भरतराम भट्टराई लगायतले मदन आश्रितको योगदानको कदर गर्नुपर्ने बताउनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन थानकुमारी थापाले गर्नुभएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top