पौडेलमाथिको आक्रमण नेकपामाथि हो – खिमलाल भट्टराई

राजनीति जेठ ३ २०७६ ekhabarnepal
Photo 1.jpg 2 %281%29

बुटवल, जेठ ३ । नेकपाका केन्द्रीय सदस्य खिमलाल भट्टराईले नेकपाका बुटवल नगर कमिटीको वैठकलाई सम्बोधन गर्दै विकासको रोलमोडलका रुपमा स्थापित नेता विष्णु पौडेललाई कमजोर बनाउँदा मात्रै सरकार र नेकपामाथि आक्रमण गर्न सकिने ठहरका साथ विभिन्न तत्व योजनाबद्ध षड्यन्त्रमा लागेको बताउनुभएको छ । वहाँले त्यस्ता षडयन्त्रकारीका विरुद्ध जागरुक बन्न आम कार्यकर्तालाई आब्हान गर्नुभएको छ ।  
राष्ट्रियसभाका प्रमुख सचेतक समेत रहनुभएका भट्टराईले विष्णु पौडेललाई सिध्याएपछि मात्र पार्टीलाई  सिध्याउन सकिने योजना अनुसार यो विषयलाई प्रोपागण्डा गरिएको दावी गर्दै विष्णु पौडेल आठ आनाको पछि लागेको कुरा कसैलाई पनि विश्वास नलागेको वताउनु भयो । आफूले गरेको काम गलत भए कारवाही भोग्न तयार भएको चेतावनी दिँदै आउनु भएका पौडेललाई सडकमा अरु कसैले राजीनामा माग्नु पर्दैन, पार्टी नेतृत्वलेनै माग्छ, भट्टराईले भन्नुभयो ।
 रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउन महत्वपूर्ण योगदान गरेकै कारण रुपन्देहीवासी भनेर चिनाउन पाउँदा गर्व लाग्ने स्थिति कसरी आयो, उहाँले प्रश्न गर्नुभयो र भन्नुभयो–हरेक कार्यकर्ताले विपक्षीका प्रश्नको जवाफ दिनुपर्छ । 
नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद दधिराम न्यौपानेले १ हजार ८ सय ८ आना जग्गा छोडेर ८ आना जग्गाको पछाडी लाग्नु ब्यक्तिको चरित्र हत्या बाहेक अरु हुनै नसक्ने बताउनुभयो । उहाँले विष्णु पौडेलले सरकारी जग्गा हडपेको पुष्टि भए कारवाही भोग्न तयार रहेको वताइरहेका वेला यो विषयलाई पटक—पटक उछालेर विष्णु पौडेल र नेकपालाई बदनाम गराउन खोजिएको बताउनुभयोे । 
बैठकमा नेकपा रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले विकासका बारेमा कुनै खोट देखाउन नसकेर केही दल तथा ब्यक्तिहरु माथिल्लो ओहदामा पुगेका नेकपाका नेताको चरित्र हत्या गर्न लागेको बताउनुभएको थियो । वहाँले प्रतिपक्षले विरोध गर्ने एजेन्डा नपाएर नेकपाका नेताको ब्यक्तिगत चरित्रहत्या गर्ने कार्यतर्फ लागेको बताउनुभएको थियो । 
कार्यक्रममा प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठ, तुलसी चौधरी लगायतले बोल्दै स्थानीय तहहरुमा पार्टी कमिटी र जनप्रतिनिधिहरुको बिचमा छलफल गरी आगामी वर्षका लागि योजना छनौट तथा सिफारिस गर्न निर्देशन दिनुभएको थियो । 
नेकपा बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा बसेको बैठकले आम जनतालाई भ्रममा पार्न गरिएका विभिन्न षडयन्त्रका विरुद्ध जागरुक हुन निर्देशित गर्दै सत्यतथ्य कुराहरु आम जनसमुदाय समक्ष पु¥याउने गरी काम गर्न आब्हान गरेको उक्त बैठकको सञ्चालन नारायण बन्जाडेले गर्नुभएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top