पौडेललाई कमजोर बनाउन विभिन्न तत्व योजनाबद्ध षड्यन्त्रमा

राजनीति जेठ २ २०७६ ekhabarnepal
1

बुटवलको अब्यवस्थित जग्गा वजारमूल्य लिएर वितरण भएको थियो —श्रेष्ठ
बुटवल, जेठ २ । तथ्य र वास्तविकतालाई पन्छाएर राजनीतिक पूर्वाग्रहका आधारमा आम सञ्चारलाई दुरुपयोग गर्न खोजिएको ठहर यस क्षेत्रका जनप्रतिनिधिहरुले गरेका छन् ।
वर्तमान सरकारले देशैभरीको सार्वजनिक जग्गा संरक्षण गर्नेर भूमाफियालाई कानूनी दायरामा ल्याउने ऐतिहासिक पहल गरिरहेका बेला त्यसलाई समेत प्रभावित गर्नेगरि केही तत्व लागिपरेको उनीहरुको टिप्पणी छ । 
रुपन्देहीका विभिन्न क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि तथा अगुवा नेताहरुले बुटवलमा पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिंदै विकासको रोलमोडलका रुपमा स्थापित नेता विष्णु पौडेललाई कमजोर बनाउँदा मात्रै सरकार र नेकपामाथि आक्रमण गर्न सकिने ठहरका साथ विभिन्न तत्व योजनाबद्ध षड्यन्त्रमा लागेको बताएका छन् । 
उनीहरुले एक हजार आठ सय आठ आना जग्गा नै सरकार मातहत फिर्ता लिइरहेको तथ्यलाई लुकाएर केबल आठ आना जग्गाको मात्रै चर्चा गरिएको दाबी गरे । बालुवाटारको मात्रै होइन देशैभरीको कब्जा गरिएका सार्वजनिक जग्गालाई सरकारले संरक्षण गर्दै मातहत ल्याइरहेका बेलामा भूमाफियाहरुले त्यसलाई रोक्न पौडेलमाथि आक्रमण गरिएको बताए । 
ब्यक्तिको राजनीतिक चरित्र हत्याका लागि वालुवाटार जग्गासंग जोडेर वुटवलको दीपनगर स्थित तत्कालिन सुकुम्वासी आयोगले वितरण गरेको जग्गालाई विवादमा ल्याउन खोजिएको नेता लिला गिरीले बताउनुभयो । 


तत्कालिन सुकुम्वासी समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले केन्द्रीय आयोगले दिएको कार्याादेश अनुसार वुटवलको दीपनगर लगायत अन्य क्षेत्रमा धनी पूर्जा वितरण गरिएको वताए ।  तत्कालिन आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरि जग्गाधनि पूर्जा वितरण गर्ने, अब्यवस्थित बसोवासीलाई ब्यवस्थित गर्ने र सार्वजनिक वा ऐलानी जग्गामा वसोवास गरेकाहरुलाई जग्गा धनि पूर्जा वितरण गरेर ब्यवस्थित गर्ने कार्यादेश थियो, श्रेष्ठले भन्नुभयो । 


त्यसअनुसार वास्तविक सुकुम्वासीलाई गाउं विकास समितिको सिफारिसमा २५ वर्षसम्म वेचविखन गर्न नपाउने गरि निःशुल्क जग्गा उपलब्ध गराउने, अब्यवस्थित रुपमा सार्वजनिक वा ऐलानी जग्गामा वसोवास गरेकालाई वजार मूल्यअनुसार राजश्व लिएर १० वर्षसम्म विक्री वितरण गर्न नपाउने गरि जग्गा दिने निर्णय गरेको  थियो । त्यसरी जग्गा दिंदा राजनीतिकर्मी, सामाजिक ब्यक्तित्व, जमिनदार लगायतका सवैलाई एउटै मापदण्ड बनाएर भेदभावरहित ढंगले जग्गा वितरण गरिएको थियो । 
आयोगले त्यसरी जग्गा वितरण गर्दा बर्तमान नेकपा महासचिव विष्णु पौडेलसहित अन्य नेताहरु देवेन्द्र घिमिरे, सिद्धिनाथ ज्ञवाली, नेपाली कांग्रेसका युवराज गिरी, तत्कालिन वुटवल नगरपालिकाका उपमेयर तथा कांग्रेस नेता रामप्रसाद खनाललगायतले जग्गा लिएका थिए । तर सो तथ्यलाई लत्याएर गिरीसमेत यस क्षेत्रवाट पराजित ६ जना उम्मेदवारहरुले पत्रकार सम्मेलनमार्फत् पौडेलको नाम मात्रै उछाल्ने गरेका छन् । 
बुटवलमा हालै पत्रकार सम्मेलन गरेर पौडेलका विरुद्ध अनर्गल प्रचार गर्ने नेता गिरीको देवदह नगरपालिका सूर्यपुरा (ढेकार) मा कैयौं विघा जग्गा जमिन छ । उतिबेलै देखिको जमिन्दारी अहिले पनि छ । तर, उनले पनि सुकुम्बासीका नाममा बुटवल दीपनगरमा जग्गा लिएका हुन् ।  
अर्का नेता प्रदेश सांसद दधिराम न्यौपाने माधबले १ हजार ८ सय ८ आना जग्गा छोडेर ८ आना जग्गाको पछाडी लाग्नु ब्यक्तिको चरित्र हत्या बाहेक अरु हुनै नसक्ने बताउनुभयो । उहांले विष्णु पौडेलले सरकारी जग्गा हडपेको पुष्टि भए कारवाही भोग्न तयार रहेको वताइरहेका वेला यो विषयलाई पटक—पटक उछालेर विष्णु पौडेल र नेकपालाई बदनाम गराउन खोजिएको  बताउनुभयोे । 
प्रदेश सांसद भूमिश्वर ढकालले सिसाको घरभित्र वसेर ढुंगा हान्दा हामी कहां पुग्छौं भन्ने प्रश्न गर्दै जुन सरकार सार्वजनिक जग्गाको खोजविनमा लागेको छ त्यही सरकारका महासचिव विरुद्ध जग्गा हडपेको आरोप लगाउनु वेतुककोे कुरा हो भन्नुभयो । 
प्रदेश सभा सदस्य तुलसीराम चौधरीले विष्णु पौडेललाई सिध्याएर पार्टीलाई पनि  सिध्याउन सकिने योजना अनुसार यो विषय बाहिर ल्याइएको बताउनुभयो । तर त्यस्तो सपना देख्नु मुर्खता हुन्छ, उहाँले भन्नुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top