समाजवादी पार्टी चीनविरोधी गतिविधिको विपक्षमा

राजनीति जेठ २ २०७६ ekhabarnepal
1


काठमाडौँ,जेष्ठ २ 
 समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्तिमार्फत समाजवादी पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरोधी गतिविधिको विपक्षमा उभिएको बताएका छन् ।

 समाजवादी पार्टीका सांसद प्रदीप यादव र राजपाका सांसद एकवाल मियाँ लात्भियाको राजधानी रिगामा आयोजित स्वतन्त्र तिब्बत पक्षधर सांसदको भेलामा सहभागी भएको विषयलाई लिएर नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले चासो प्रकट गरेपछि यादवले विज्ञप्ति निकालेर प्रस्टीकरण दिएका हुन् । अर्को पार्टी राजपाले भने भूलवश गएको टिप्पणी गरेको छ ।

'न पार्टीलाई सांसद यादवको त्यससम्बन्धी कार्यक्रममा हुने सहभागिताबारे थाहा थियो, न पार्टीले अनुमति नै दिएको थियो,' समाजवादी अध्यक्ष यादवले विज्ञप्तिमा भनेका छन्, 'उनको सहभागिता पार्टीको औपचारिक पोजिसनसँग मेल खाँदैन ।' उनले सांसद यादवसँग स्पष्टीकरण सोधिएको र त्यसमा चित्त नबुझे अनुशासनविपरीत कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

गत वैशाख २४ र २७ गते लात्भियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको कार्यक्रम राखिएको थियो । जसमा सहभागी हुन यादव र मियाँ अघिल्लै दिन त्यहाँ पुगेका थिए । 
 

प्राप्त प्रतिकृयाहरू

To Top