सैनामैनामा खेती प्रविधी तालिम सम्पन्न

अर्थ जेठ २ २०७६ ekhabarnepal
3

टिका खरेल 
सैनामैना ,जेष्ठ २ 
सामुदायिक विकास विकास कोषको आयोजना  र  सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा  तीन दिने मौसमी, बेमौसमी खेती प्रविधी तालिम सम्पन्न भएको छ । 
एक कार्यक्रमका बिच तालिम सम्पन्न भएको हो । समापन समारोहमा बोल्दै सैनामैनम नगरपालिकाका उपप्रमुख विना रानाले नगरले स्थानीयलाई क्षमतायुक्त बनाएर समग्र नगरको विकास गर्ने योजना अघि सारेकाले सिकेका कुरालाई व्यवहारमा उतारेर काम गर्न प्रशिक्षार्थीलाई सुझाउनुभयो । वहांले महिला लाई सिपमुलक तालिम प्रदान गरी रोजगार बन्ने आधार तयार गर्न नगरपालीका तयार रहेकाले सिकाईको कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले नगरका हरेक योजना स्थानीयको हित र सिकाईका कार्यमा केन्द्रित रहेकाले हातेमालो गरेर विकासका काममा लाग्न आग्रह गर्नुभयो । हरेक तालीम र सिकाईमा महिलालाई प्राथमिकतामै राखिएको जनाउंदै वहांले महिला क्षमतावान भए समाज र नगर नै क्षमतवान हुने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रशिक्षक देवराज पौडेलले तरकारी खेतीले शारिरीक ब्याम पनि हुने र घरैको तरकारी पनि खान पाईने भएकोले घर बरपरको जग्गामा तरकारी खेती गर्नु पर्ने बताउनु भयो । 
सैनामैना नगरभित्रका करिब ८५ जना किसानहरुलाई सो तालिम दिईएको हो । तालिम समापन कार्यक्रममा सहभागी सबैलाई हेण्ड स्प्रे मेशिन र तरकारीका बिउ बिजन समेत बितरण गरीएको थियो 
सामुदायिक विकास कोषका अध्यक्ष नरेन्द्र प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक विकास कोषका उपाध्यक्ष सरस्वती देवी खड्का, प्रशिक्षक कृषि विकास शाखा प्रमुख साधुशरण यादव सैनामैनाको कार्यपालिका सदस्य सबिता भुषाल भण्डारी ,लक्ष्मी खनाल लगायतले बोल्नुभएको थियो ।


 

प्राप्त प्रतिकृयाहरू

To Top