पौडेलको राजनीति सिद्धाउन ललिता निवास प्रकरण

राजनीति बैशाख ३१ २०७६ ekhabarnepal
Prog

बुटवल, वैशाख ३१ । यस क्षेत्रका नेकपा निकट उद्योगी व्यवसायीहरूले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको राजनीतिलाई सिद्धाउन ललिता निवास जग्गा प्रकरणको विषय बाहिर ल्याइएको भन्दै त्यसलाई सबै मिलेर चिर्न जरूरी रहेको बताएका छन् । 
उनीहरूले पौडेलको राजनीतिक छलाङको डाहा गर्नेहरूले जग्गाको विषयलाई अतिरञ्जीत बनाएको भन्दै त्यसको विरूद्ध सिंगो पार्टी र सबै उद्योगी, व्यवसायी लाग्नुपर्नेमा जोड दिए । 
नेपाल औषधि व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई पौडेललाई असफल बनाएर यस क्षेत्रमा आफ्नो राजनीति अगाडि बढाउन सकिन्छ भन्ने नियतले घटनालाई अर्नगल प्रचार गरिएको भन्दै त्यसको विरूद्ध सबै लाग्नुपर्ने बताए । 
पौडेलले रुपन्देहीको  विकास निर्माणमा उत्कृष्ट काम गरेर लोकप्रिय भएका कारण अतिरन्जित गरी प्रचार गर्न खोजेको भट्टराईको भनाइ छ । 
नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय सदस्य टंक पोखरेलले  पौडेलको राष्ट्रिय रुपमा स्थापित राजनीतिक व्यक्तित्व नैतिक पतन गराउने गरी अनावश्यक प्रचार गर्नु गलत भएको बताए । 
होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष माधव नेपालले पौडेलले विकास निमार्णका कामबाट शक्ति हाँसिल गरेको देखेर त्यसलाई बदनाम गर्ने गरी प्रचार गरिएको बताउँदै त्यसलाई सबै मिलेर प्रतिकार गनुपर्ने बताए । 
महासचिव पौडेलमाथि पार्टी भित्र र बाहिरबाट भएको राजनीतिक प्रहार गरी चरित्रहत्या र राजनीतिक ख्याति गिराउने कुचेष्टा गरिएको नेपालको भनाइ छ । 
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले पौडेललाई फसाइएको बताए । 
रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराले यस क्षेत्रका सबैले एक ढिक्का भएर पौडेलमाथि भएको राजनीतिक प्रहारको प्रतिकार गर्नुपर्ने बताए । 
रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डेले पौडेलमाथि भएको प्रहारको सबैले चिर्न सक्नुपर्ने बताए । रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले पौडेलमाथि आफ्नै पार्टीबाट बढी आक्रमण भएको भन्दै त्यसको नियन्त्रण जरुरी रहेको बताए । औषधि व्यवसायी संघ लुम्बिनी अञ्चल अध्यक्ष शिव ज्ञवालीले पौडेलमाथि घेराबन्दी भएको भन्दै त्यसको संरक्षण गर्नुपर्ने बताए । 
उद्योग संघका पूर्व अध्यक्ष दिनेशराज रेग्मीले यस क्षेत्रका विकासका सुत्रधार पौडेल रहेको बताए । 
त्यस्तै अर्का अध्यक्ष तेजकुमार पाठकले आफ्नै पार्टीभित्रका नेताहरुले घटनालाई अतिरञ्जित बनाएको बताए । कार्यक्रममा रुपन्देही व्यापार संघका वरिष्ठ यामलाल लोहनी, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहरा,बुटवल उद्योग वाणिज्य संघका सदस्य सुरज भट्टराई, ठाकुरप्रसाद आचार्य, शोभाखर पोखरेल, कुलचन्द्र पाण्डे, बाबुराम गौतम लगायतले बोल्दै विकासप्रेमी नेतामाथि भएको आक्रमण चिर्न जरुरी रहेको बताएका थिए । 
२०५१ सालमा पाल्पाबाट निर्वाचन जितेपछि उनी युवा तथा खेलकुद मन्त्री भएका थिए । २०६४, २०७० र २०७४ को निर्वाचनमा लगातार जितेर ह्याट्रिक गर्ने तत्कालीन एमालेका नेतामध्ये पौडेल पनि एक हुन ।
 

प्राप्त प्रतिकृयाहरू

To Top