लुम्विनीको एकीकृत विकासमा स्थानीय तहका प्रमुख र सरोकारवालाको जोड

समाज बैशाख ३१ २०७६ ekhabarnepal
1557811236img 20190514 110144

 

बुटवल,बैशाख ३१ ।
लुम्बिनीको विकासका लागि स्थानीय तहहरुले लुम्विनी विकास कोष र पुरातत्व विभागसंग समन्वय गरि योजना वनाउनु पर्ने कुरामा जोड दिइएको छ । 
नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी विकाष कोषद्धारा लुम्बिनीमा आयोजित लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले स्थानीय तहको सहभागिताबाट मात्र लुम्विनीको दीगो बिकास हुने बताए ।
लुम्बिनीको विकासको अर्थ गौतमवुद्वसंग सम्वन्धित सवै क्षेत्रको अर्थात् बृहत्तर लुम्विनीको एकीकृत विकास भएमात्र सम्भव छ, सहभागीहरुको सामूहिक अभिब्यक्ति थियो । 
लुम्बिनी विकास कोष लुम्बिनीको पर्खालभित्र सिमित रहँदा लुम्बिनीप्रति स्थानीयको अपनत्व हुन नसकेकोले लुम्बिनी विकास कोषको समन्वयमा आसपासका जिल्ला र स्थानीय तहहरुलाई पनि जोड्न आग्रह गरिएको छ । 
कार्यक्रममा बोल्दै प्रदेश नं. ५ सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विभिन्न कारणले लुम्बिनीको जति महत्व छ त्यति स्थापित गर्न नसकेको बताउनु भयो । 
उहाँले लुम्बिनीको जति महत्व छ त्यो महत्वलाई उजागार गर्दै विकास गर्ने ईच्छाशक्तिमा भने कमि नरहेको बताउनु भयो । उहाँले लुम्बिनीको विकासमा अहिलेसम्म भईरहेको प्रगतीले नपुग्ने भन्दै लुम्बिनीसंग सम्बन्धित स्थलहरुको विकासमा पनि ध्यान दिनुपर्ने बताउनु भयो। 
मन्त्री गिरीले लुम्बिनीसंग जोडिएका सबै क्षेत्रहरुको गुणात्मक विकास गर्ने र विश्वभरका पर्यटकलाई लुम्बिनीमा ल्याउने प्रमुख लक्ष्यका साथ योजना अगाडी सारेको बताउनु भयो।
मन्त्री गिरीले अन्तराष्टिय विमानस्थल निर्माण सम्पन्न भएपछि लुम्बिनीमा पर्यटकहरुको चाप बढ्ने भएकोले सोही अनुरुपका होटल, सडक तथा अरु क्षेत्रहरुको विकासलाई पनि संगसंगै अगाडी बढाउनुपर्ने बताउनु भयो । 
कार्यक्रममा लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका विषयक अवधारणापत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार डी.आर. घिमिरेले लुम्बिनीको अर्थ कपिलवस्तु, नवलपरासी र रुपन्देहीका सबैको साझा सम्पत्ति हो भन्ने बुझाउन लुम्बिनी विकास कोषले समन्वय बढाउन जरुरी रहेको बताउनु भयो । 
उहाँले लुम्बिनसंग जोडिएका जिल्लाका स्थानीय तहहरुले लुम्बिनीको विकाससंग जोडेर पर्यटन प्रवद्र्धनका विभिन्न योजना बनाएपनि समन्वयको अभावमा प्रभावकारी बन्न नसकेको बताउनु भयो । उहाले स्थानीय तहहरुले लुम्बिनीबाट आर्थिक लाभ लिन र बुद्ध दर्शनको प्रचारप्रसारको लागि अन्तरपालिका टुर प्याकेज बनाउन आग्रह गर्नुभयो ।
लुम्बिनी विकासकोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले लुम्बिनी विकास कोषले गरेका लुम्बिनी विकास गुरुयोजना अन्तर्गतका कामहरुको बारेमा जानकारी गराउनु भयो । 
हालसम्म गुरुयोजना अनुरुपको ८२ प्रतिशत काम पुरा भएको र बांकि कामको लागि अझै ६ अर्व रुपैया आवश्यक रहेको बताउनु भयो । उहाले लुम्बिनीको पर्यटनसंगै यहांको वातावरण संरक्षणको लागि वृक्षारोपण, सरसफाई लगायतका कामहरुलाई निरन्तर संचालन गरिरहेको बताउनु भयो । 
भट्टराईले लुम्बिनीको ६० प्रतिशत क्षेत्र हरियाली हुनुपर्ने प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी विकास गुरुयोजना अनुरुप गतवर्ष मात्रै ३ हजार फलफुलका विरुवा रोपिएको जानकारी दिनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले यसक्षेत्रका सबै पालिकाहरुले बुद्ध र बुद्धिजमसंग जोडिएका एउटा न एउटा योजना बनाउनु प्रशंसनीय रहेको बताउनु भयो ।
स्थानीय मोहम्मद ईस्लाम खांनले लुम्बिनी विकास कोषलाई राजनितिबाट मुक्त स्वतन्त्र संस्थाको रुपमा राख्नुपर्ने बताउनु भयो । 
सियारी गाउंपालिकाका प्रमुख अयोध्या थारु चौधरीले लुम्बिनीको विकासमा लुम्बिनी विकास कोषले स्थानीय तहसंग समन्वय, सहकार्य गर्दै साझेदार बनाउन आग्रह गर्नुभयो । विकास कोषले समन्वय मात्र गर्यो भने स्थानीय तहहरु साझेदार बन्न तयार रहेको बताउनु भयो। 
रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले रामग्राम नगरपालिकामा रहेको रामग्राम स्तुप र लुम्बिनी उत्तिकै महत्वका धेरै अन्तर रहेको बताउनु भयो । उहाले लुम्बिनी विकासकोषले रामग्रामको विकासमा खासै ध्यान दिन सकेको गुनासो गर्दै त्यसको विकासको लागि संघिय सरकार मातहत लुम्बिनी विकास कोष रहेजस्तै स्थानीय स्तरमा स्थानीय समिति गठन गर्नुपर्ने बताउनु भयो  ।रामग्राम स्तुप रहेको गाउं र झरही खोलाको मार्गलाई बुद्धकालिन संरचनासंग जोडेर विकास गर्ने योजना बनाएको बताउनु भयो । उहाले पण्डितपुर अतिक्रमण र ओझेलमा परेको छ त्यसलाई संरक्षण गर्न जरुरी रहेको भन्नुभयो ।
बाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुले बुद्धसंग महत्वपूर्ण ऐतिहासिक स्थल कपिलवस्तुमा धेरै भएकाले कपिलवस्तुलाई सरकारले कोषले प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । उहाले कपिलवस्तुका स्थानीय तहहरुले बुद्धस्थलको संरक्षण संवद्र्धनका लागि बजेट छुट्याएपनि संघीय सरकारको मातहतमा कोष रहदा काम गर्न समस्या परेको बताउदै जिल्ला र स्थानीय तहमा पनि कोषका कार्यालय रहनु पर्ने बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको सिद्धार्थनगरमा लुम्विनी र बुद्धसंग जोडेर बेलहियामा प्रवेशद्धार निर्माण गर्नुको साथै बेलहिया देखि बुद्धचोक र विमानस्थलसम्म सडक किनारमा दुई सय मिटरको दुरीमा पित्तलका बुद्धमूर्ति स्थापना गर्ने र वृक्षरोपण गर्ने योजना बनाएको बताउनु भयो । 
पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार नारायण सापकोटाले लुम्बिनी वरिपरिको जलाधार क्षेत्रहरुको संरक्षण, स्थानीय उत्पादनलाई कोशेलीको रुपमा प्रयोग गर्न सकिने । उनले लुम्बिनी आसपास रहेका मुश्लिम समुदायलाई लुम्बिनीप्रति अपनत्व जगाउन जरुरी रहेको बताउनु भयो
कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सुरेन्द्रमुनी शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोक्का, अग्रज पत्रकार अर्जुन ज्ञवाली, नारायण सापकोटा, सियारी गाउंपालिकाका उपप्रमुख अमृता गुरुङ, पत्रकार भुवन जिसी, रामविकास चौधरी, विन्दुकुमार चौधरी, लुम्बिनी बौद्ध महिला समितिका सचिव कल्पना हरिजन लगायतले स्थानीय तहले लुम्बिनीको विकाससंग आफ्ना योजनाहरुलाई पनि जोड्न सके स्थानीय तहसंगै लुम्बिनीको विकासमा पनि टेवा पुग्ने बताउनु भएको थियो ।
कार्यक्रम महासंघका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षता, दिनेश पाण्डेको स्वागत, निरु गौतमको संयोजकत्व तथा आरपी आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top