चीनका विश्वासिला पात्र डा. शागर न्यौपाने 

बिचार बैशाख ३१ २०७६ ekhabarnepal
Dsc05928


डी.आर. घिमिरे
उनी अर्थात् चीनका भरपर्दा विश्वासिला पात्र डा. शागर न्यौपाने । चिनमा १३ वर्षसम्म चिकित्सा शिक्षा पढेका न्यौपाने एकजना राजनीतिक परिवारका सदस्य हुन् । नेपाली कम्युनिष्ट आन्दोलनका कुशल संगठकको पहिचान वनाएका स्व. जीवराज आश्रितका सुपुत्र न्यौपाने अहिले बुटवलमा वस्छन् । पेशाले चिकित्सक भएपनि नेपाल चिनवीचको सेतु वनेका छन् उनी ।
चिन सरकारका सरकारी वा गैरसरकारी पक्षको औपचारिक वा अनौपचारिक भ्रमण हुँदा नेपालीको तर्फवाट पुलको काम गर्छन् उनी । प्राय ः चिनियाहरु आफ्नै भाषा वोल्छन् । जसका कारणले पनि शागरको महत्व वढेको छ । तर, उनी भाषाका कारणले मात्र हैन विश्वासिला पात्र भएकाले पनि सम्पर्क सेतुको काममा निपूर्ण छन् ।
नेपाल फर्केपछि उनी अहिलेसम्म १४ पटक चिन भ्रमण गरेका छन् । साविक नेकपा एमालेको नेपाल वुद्विजीवि परिषदमा आवद्व उनी अन्तर्राष्ट्रिय सम्वन्ध र राष्ट्रिय सुरक्षा केन्द्रको सदस्य, तत्कालीन विदेश विभागको चाइना डेस्कको सदस्य थिए भने हाल लुम्विनी  वौद्य विश्वविद्यालयको चाइना क्षेत्रीय संयोजक र लुम्विनी विकास कोष तथा राष्ट्रिय औद्योगिक क्षेत्र ब्यवस्थापन लि.मा चिनियाँ विज्ञको रुपमा काम गर्छन् । उनी अनुसन्धानको क्षेत्रमा क्रियाशील पानस फाउण्डेशन नेपालको सल्लाहाकार पनि हुन् ।
त्यसवाहेक विभिन्न नगरपालिकाहरुले समन्वय गर्ने काममा उनलाई प्रयोग गर्छन् । अहिलेसम्म सिद्वार्थ नगर नगरपालिकासहित रामग्राम, लुम्विनी सांस्कृतिक, वाणगंगा, तानसेन, टोखा, देवदह नगरपालिकाहरुको तर्फवाट भ्रमणदलको सदस्य भएर समन्वय गरेका  छन् । त्यसमध्ये कतिपय नगरले भगिनी सम्वन्ध पनि स्थापित गरि सकेका छन् । 


उनी नगरस्तरीय मात्र हैन प्रदेशस्तरीय सम्वन्ध वढाउन पनि उत्तिकै लागेका छन् । निकट भविष्यमै चीनको कान्सु प्रान्त र ५ नं. प्रदेशको सरकारकावीच पनि सस्कृति तथा पर्यटनका विविध पक्षमा सहकार्य गर्ने सहमति हुँदैछ  भने सिचुवान प्रन्तसंग पनि भगिनी सम्वन्ध कायम गर्ने तयारी हुँदैछ । उनले शान्सी प्रान्तसंग पनि एक हदसम्म समन्वय गरेका छन् ।
त्यसैगरी सैनामैना नगरपालिका र कान्सु प्रान्तको कान–नान प्रीफेक्चर बीच पनि भगिनी सम्बन्ध स्थापित हुन गइरहेको छ । त्यति मात्र नभै, कान–नान प्रीफेक्चर सरकारबाट सैनामैना नगरलाई ठूलो सहयोग सामाग्री उपलब्ध हुँदैछ । 
त्यस्तै कान्सु प्रान्तकै हजारौं वर्ष पुरानो वौद्ध सम्पदा संरक्षित रहेको तुन् ह्वांग नगर सरकार र हाम्रो वुद्ध जन्मस्थल रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका बीच वृहत विषयमा भगिनी सम्बन्ध कायम गर्नका लागि औपचारिक पारस्परिक सहमति कÞायम हुँदैछ ।
एक महिना भित्रनै प्रदेश नं ३ को टोखा नगरपालिका र चीनको चीनींग नगर जनसरकारबीच भगिनी सम्बन्ध स्थापना र वृहत् क्षेत्रमा सहकार्यका निम्ती प्रतिनिधिमण्डल नेपाल आउँदैछ । त्यहीं मौकामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको औपचारिक भ्रमणका लागि पनि आउनेछ । आजभन्दा करिब दुई वर्ष अघि कन्फÞ्यूशियसको जन्मस्थल एवं गृहनगर छ्यू फू नगर(काउन्टी स्तरको) बीच औपचारिक समझदारी कायम भएको थियो । त्यसपश्चात् उनकै अगुवाईमा टोखा नगरपालिकाका प्रमुख सहित ६ प्रतिनिधिमण्डल चीनको चीनींग नगर जनसरकारको निमन्त्रणामा औपचारिक भ्रमण र विविध विषयमा वार्ता र अनुभव आदान–प्रदान गर्न ३ दिने भ्रमणमा गएको थियो ।
उनको विचारमा हाम्रा स्थानीय तह र प्रदेश सरकार मातहतमा एउटा संरचना निर्माण गर्नु जरुरी देखिन्छ, जसले दुई देशका विभिन्न निकाय बीच पुलको काम गर्न सकोस् । पूर्वाधार निर्माण, आर्थिक–सामाजिक विकास, सूचना प्रविधि, पर्यटन, संस्कृति, शिक्षा, स्वास्थ्य, विज्ञान, आदि क्षेत्रमा सहकार्य र पारस्परिक सहयोग, अनुभव आदान–प्रदान आदिका निम्ती पहल गर्न पनि यस्ता संरचनाले सहयोगी भूमिका निर्वाह गर्न सक्छन् ।
लुम्बिनी वौद्ध विश्वविद्यालयमा चीन संयोजकको जिम्मेवारी पाईसकेपछि उनले आधा दर्जन विश्वविद्यालयसंग सम्वन्ध गाँस्ने पूर्वाधार तयार गरेका छन् । उनले त्यस अँघिनै चीनको शान्सी प्रान्तस्थित बाउची मानविकी तथा विज्ञान विश्वविद्यालयसंग सम्बन्ध गाँसेका थिए । यसको कारण के थियो ? उनी भन्छन्– बाउची नगरपालिका विभिन्न कारणले सुप्रसिद्व छ । अतिविकसित औद्योगिक क्षेत्र, प्राचीन सभ्यता र कÞरीब १७ शय वर्षअघि गौतम वुद्धको औलाको हड्डी सुरक्षित गरिएको पुरातात्विक स्तूप र विशाल पर्यटकीय फामन मन्दिर क्षेत्र रहेको सो स्थानमा नेपालका सरकार प्रमुखले भ्रमण गर्नुभएको इतिहास छ । त्यस्तो नगर र भैरहवा नगरपालिकाका बीच भगिनी सम्बन्ध गाँसी वृहत् सहकार्य गर्ने औपचारिक समझदारी पत्रमा हस्ताक्षर गर्ने ऐतिहासिक काम मेरै संयोजकत्वमा सन् २०१७ को जनवरीमा सम्पन्न भएको थियो । त्यसैले सोही ठाउँको विश्वविद्यालय र लुम्बिनी वौद्ध विश्वविद्यालयका वीच विविध विषयमा औपचारिक सहमति कायम गर्न सहज हुनु स्वभाविक हो । निकट भविष्यमै त्यस्तो सहमति पूरा हुँदैछ ।
उनले विश्वविद्यालको जिम्मेवारी पाइसकेपछि चीनका प्रतिष्ठित विश्वविद्यालयहरुसंग सम्बन्ध विकास गरेका छन् । अहिलेसम्म बेजींग नर्मल विश्वविध्यालय, शान्सी नर्मल विश्वविध्यालय, उत्तर पूर्व विश्वविध्यालय, तिब्बती जनजाति विश्वविध्यालय, तुन् ह्वांग अनुसन्धान प्रतिष्ठान, शान्सी पुरातात्विक अन्वेषण प्रतिष्ठान, रेशम मार्ग अन्तर्राष्ट्रीय सहकार्य संस्थान आदिसंग विभिन्न चरणमा वार्ता भएका छन् । 
विशेष गरी चिनीयाँ भाषा र संस्कृति अनि रेशम मार्ग, वौद्ध दर्शन, अन्तरराष्ट्रीय सम्बन्ध, लगायत विविध सामूहिक चासोका विषयहरुको अध्ययन, अध्यापन, अनुसन्धान, संग्रहालय निर्माण, विद्यार्थी र प्राध्यापकहरुको आदान–प्रदान भ्रमण, खुलाविद्यालय, आदि विषयमा सहकार्य गर्न दुवै पक्ष इच्छुक छन् ।
यस्ता सम्वन्धवाट के फाइदा हुन्छ नेपाललाई ?
यस्ता सम्वन्धवाट नेपालले दिनैपर्ने वा गुमाउनै पर्ने केही हुँदैन । सामान्यत ः सांस्कृतिक पक्षमा आदान प्रदान गर्ने, अनुभव लिनेदिने वा भावनात्मक सम्वन्धनै राख्ने हो । तर, नेपाली पक्षले धेरै फाइदा लिन सक्छ चिनियावाट । हामी कमजोर भएकोले उनीहरुलाई खासै केही पाउने आशा हुँदैन । कुरा यतिसम्म हुन सक्छ उनीहरु नेपाललाई एउटा ब्यापारको माध्यम वनाउन सक्छन् । ब्यापारमा उनीहरु निपूर्ण छन् । तर, संगसंगै नेपालले पनि ब्यावसायिक उत्पादन वढाउँदा छिमेकको विशाल वजारलाई उपयोग गर्न सकिन्छ ।
डा. शागरको विचारमा सांस्कृतिक आदान प्रदानका अतिरिक्त उच्चस्तरीय वौद्विक क्रियाकलापको पनि आदानप्रदान गर्न सकिन्छ । पर्यटकीय हिसावले ज्यादै ठूलो उपलब्धि प्राप्त गर्न सकिने सम्भावना छ । चिनियाँहरुको लागि लुम्विनी असाध्यै आकर्षक स्थल हो । डेढ अर्व जनसंख्याको आधा प्रतिशत मात्र चिनियाँ ल्याउन सक्ने हो भने नेपालले अरु केही गर्नुपर्दैन ।
 चिनियाँवाट सिक्नु पर्ने अर्को पक्ष उद्यमशीलता हो । उनीहरु कामकाजी हुन्छन् । त्यो सिकाइले नेपालले धेरै निर्यात गर्न सक्छ । हस्तकलाका सामाग्री उनीहरु असाध्यै रुचाउँछन् । गौतमवुद्वको नामवाट जे उत्पादन गर्न सकिने सम्भावना छ त्यो हामीले गर्नुपर्छ । वुद्व भूमिको पानी उत्पादन गरेर विक्री गर्न सकिन्छ । माटाका भाँडा वनाउन सकिन्छ । थान्का वनाएर पठाउन सकिन्छ । कफि, चियालाई वुद्वसंग जोडेर व्राण्डिङ गर्न सकिन्छ । मह, जडिवुटी, मासुजन्य वस्तु उत्पादन गरेर पठाउन सकिन्छ । चिनियाले शयौं चिज नेपालमा ल्याएर विक्री गरोस् तर नेपालले पाँच सातवटा वस्तुमात्र चिनको विशाल वजारमा पठाउँदा र उनीहरुलाई  वुद्व भूमिमा टेकाउँदा मात्र हामी धेरै अघि हुन सक्छौ । 
२०१५ साल मार्च २८ गते चीन सरकारको राष्ट्रिय परिषद्ले प्रमुख तीन मन्त्रालयलाई रेशम मार्ग आर्थिक क्षेत्र र २१ औं शताब्दी सामुद्रीक रेशम मार्गको परिकल्पना र कार्यक्रम जसलाई छोट्करीमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) इलभ द्यभति इलभ च्यबम (एक बाटो एक पाटो) भनिन्छ, त्यसको कार्यपत्रमा तिब्बतलाई चीनका १८ वटा महत्वपूर्ण जिम्मेवारी पाएका प्रान्त मध्ये एकको रूपमा घोषित गर्यो । त्यसै साल अगष्ट महिनाको उत्तरार्धमा पार्टीको केन्द्रिय कमिटीले छैठौं तिब्बती विशेष वैठकले “तिब्बतलाई दक्षिण एशिया तर्फ खुला गरिएको महत्वपूर्ण द्वार”को रूपमा उल्लेख गरियो ।
केही वर्ष यता तिब्बतको ऐतिहासिक विकासको अवसर प्रदान गर्न “एक पाटो एक बाटो” अवधारणाको प्रयोग गरी तिब्बतलाई नीतिगत सर्वोच्चता र भौगोलिक अवस्थितिलाई मध्यनजर गरी विकास र अर्थतन्त्रमा अव्वल बनाउन प्रयास गरिएको छ, जस्ले तिब्बतको आर्थिक–सामाजिक अवस्थामा नयाँ आयाम थप्न मद्दत गर्नेछ । 
राष्ट्रपति सी जिनपीङ्गको अवधारणा “एक पाटो एक बाटो”लाई हामीले अवसरको रुपमा लिन सक्छौं । एक वाटो एकपाटोका ५ वटा विशिष्ट पक्ष छन् । पहिलो नीतिगत समझदारी हो । यो ब्यवस्थाले कैयौं नीतिगत अन्यौल हट्नेछ । लगानीको अवसरलाई एकीकृत र एकद्घार प्रणालीमार्फत् सहज वनाइनेछ । आवश्यकता अनुसार विशेष सुविधा दिएर आकर्षित गर्ने योजना वनाइने छ । जस्तै अहिले दमकमा वन्न लागेको दुई हजार  विगाहाको औद्योगिक क्षेत्रमा १० वर्षसम्म स्थानीय कर नलगाइने भएको छ । 
दोश्रो भौतिक पूर्वाधारको सुगमता । यसमा यातायातका विविध आयाम अन्तर्गत् रेल सेवा,  पानी जहाज, दु्रत गतिका राजमार्ग, मेट्रो सेवा, पुल पुलेसा वा सुरुङ्ग मार्ग वन्न सक्लान् । खुला ब्यापारिक क्षेत्र निर्धारण होलान् । दुवै देशका भन्सारहरुलाई अत्याधुनिक र सहज वनाइएला । जस्तै तातोपानी भन्सार अत्याधुनिक वनिसकेको छ । निकट भविष्यमै यो प्रयोगमा आउनेवाला छ ।
तेश्रो ब्यापार तथा लगानीको सञ्चार हो । यसमार्फत् हाम्रा मौलिक उत्पादनमा भन्सार छूट हुन सक्छ । निर्यात सहज हुन सक्छ । चिनियाहरुलाई लगानीको वातावरण वन्न सक्छ र लगानीको क्षेत्र पनि सरकारले तोक्न सक्छ ।
चौथो वित्तिय सहजता हो । नेपालमा चिनियाँ मुद्राको सहज पहुँच वा वैंकिङ्ग सेवा प्रवाहलाई ब्यवस्थित गर्ने हो भनेपनि वित्तिय सहजता आउन सक्छ । पाँचौमा भावनात्मक सम्वन्ध छ । यो भनेको साँस्कृतिक तथा कलाको आदान–प्रदान र प्रचार प्रसार, शिक्षा वा स्वास्थ्य क्षेत्रमा अवसरको कुरा, सहिष्णुताजस्ता विषयहरु हुन सक्छन् ।
अव के गर्ने त ?
प्राय ः हामीहरु सिद्घान्तका कुरा गरेर थाक्दैनौं । काम थोरै र कुरा धेरै गर्ने एउटा प्रवृत्ति त हामीसंग छनै त्यसवाहेक सवै काम एउटैले गर्ने वा एक्लै आकास थाम्ने प्रवृत्ति पनि हामीसंग छ । त्यसैले कामको वितरण गरेर जिम्मेवारी वाँडफाँड गर्ने काममा निपूर्ण हुन सकियो भने परिणाममुखी हुन सक्छ । त्यसैले आगामी दिनमा हरेक तहले निम्नानुसार काम गर्न सक्नुपर्छ ।
१. स्थानीय वा प्रदेशले भरपर्दा संयन्त्र वनाउन सक्नुपर्छ । निरन्तर समन्वय गर्नका लागि, कामको फ्लो अप गरिरहन, आवश्यक सूचना र जानकारी दिन तथा सहजीकरण गर्नका लागि छुट्टै संयन्त्र वा वैदेशिक विभागको निर्माण गर्ने । यसो नहुँदा विचौलियाको विगविगी छ । उनीहरुले नाजायज फाइदा पनि लिएका छन् । यस्तो अवस्थाले चिनियाँ पक्षले ठगिएको महसूस गर्न पनि सक्छ । त्यस अर्थमा आधिकारिक संयन्त्र वनाउन जरुरी छ ।  
२. हालै राष्ट्रपति विद्यादेवी भण्डारीको आठदिने चीन भ्रमण असाध्यै उपलब्धिमूलक रह्यो । सो अवसरमा चीन र नेपालवीच सात सम्झौतामा हस्ताक्षर भयो । त्यसमध्ये नेपालका लागि यातायात तथा पारवहनसम्बन्धी प्रोटोकलको विशेष महत्व छ । यसबाट नेपाल ‘ल्यान्ड लक्डबाट ल्यान्ड लिङ्क्ड’ भएको छ । चीनको रेल नेपाल आइपुग्ने बाटो खुल्नुका साथै नेपाल–चीन सीमाको अन्य ६ नाका ओलाङचुङ्गोला (टिपताला), किमाथांका (लेङ्दुप), लामाबगर (लाप्ची), लार्के (लज्याङ), मुस्ताङ (कोराला) र हुम्ला (हिल्सा) बाट व्यापार वाणिज्य हुनेछ । नेपालले चीनका ४ सामुद्रिक बन्दरगाह (त्यानजिन, लियान युनकाङ, चानचियाङ, सेनचेन) र ३ सुक्खा बन्दरगाह (लानचो, सिगात्से, ल्हासा) उपयोग गर्न पाउने भएको छ । यस अर्थमा नेपाल र चिनकावीच धेरै सम्वन्ध र समन्वय हुनुपर्ने अवस्था छ । ब्यापार वा ब्यावसायका लागि भाषाको आवश्यक हुन्छ । त्यस अर्थमा नेपालको तर्फवाट अधिकतम फाइदा लिनका लागि नयाँ पुस्तालाई आधुनिक शीप र चिनियाँ भाषाको ज्ञान आवश्यक हुन्छ । भाषाले भावनालाई पनि जोड्न सक्छ । कतिपय नितीगत विषयलाई प्रष्ट्याउन पनि यसले सहज वनाउँछ । त्यसैले नेपालमा चिनियाँ भाषाका कक्षा सञ्चालन गर्नेतर्फ पनि आवश्यक ध्यान आकृष्ट हुन जरुरी छ र शीपमूलक तालिम पनि उत्तिकै जरुरी छ ।
३.अहिलेसम्म नेपाल र चीनका कैयौं नगर वा काउण्टिवीच सम्वन्ध स्थापित हुँदै मर्दै गएका छन् । एकजना नेतृत्वमा आउँछ र एकथोक गर्छ अर्कोले नयाँ सुरुवात गर्छ । पुरानो सम्वन्धलाई ताजा वनाउने काम गर्दैन । यसवाट सम्वन्ध ब्यक्तिगत हो वा सस्थागत भन्नेमै प्रश्न उठेका छन् । यो अवस्था आउनु किमार्थ हुँदैन । सस्था भनेको अविच्छिन्न उत्तराधिकारवाला हुन्छ भन्ने कुरा कम्तिमा जनप्रतिनिधिले बुझ्नुपर्छ । यसका साथै दुइचार दिनको भ्रमणलाई मात्र महत्व दिनु भन्दा परिणामलाई हेक्का राख्न जरुरी छ ।
४. लुम्विनी क्षेत्रका वासिन्दाले सवैभन्दा वढी फाइदा लिन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न । लुम्विनी क्षेत्र भनेको रुपन्देही, कपिलवस्तु र नवलपरासी हो । जसलाई ग्रेटर लुम्विनी भन्न सकिन्छ । चिनियाँहरुको विशेष ध्यान लुम्विनीमै छ । यसको कारण धार्मिकनै हो । उनीहरुको वुद्घ जन्मस्थल लुम्विनीप्रति असाध्यै लगाव छ । एकपटक हरेक चिनियाँहरु यहाँ आउन चाहन्छन् । लुम्विनीको माटो, पानी मात्र हैन हरेक उत्पादित वस्तुलाई वुद्घ सम्झेर उपयोग गर्न चाहन्छन् । यो हाम्रो सवैभन्दा ठूलो अवसर हो । यो अवसरलाई उपयोग गर्न सक्दा सिंगै प्रदेशलाई समृद्घशाली वनाउन सकिन्छ ।
लुम्विनी आउँदा यहाँको प्राकृतिक सुन्दरतावाट भरपुर आनन्द लिन पाउनेछन् । तानसेन, पाणिनि, रेसुङ्गा, स्वर्गद्घारी, सिस्ने लेक, वर्दिया राष्ट्रिय निकुञ्जको पनि राम्रो वजारीकरण हुने देखिन्छ । भारतको प्रवेशद्घार वेलहिया नाका यँही भएकोले उनीहरु यस क्षेत्रमा ठूलै औद्योगिक क्षेत्र वनाउन इच्छुक छन् । शयौ विगाहा क्षेत्रमा पर्यटकीय उद्योग (होटल, रेष्टुरा,े अत्याधुनिक किनमेल केन्द्र, पार्क, ध्यान केन्द्र, तरकारी तथा फलफूलका अर्गानिक उत्पादनको एकीकृत योजना आदि) वनाउने सपना चिनियाँ उद्यमीहरुले देखेका छन् । यी सवैको योजना र ब्यवस्थापन प्रदेश सरकारले मात्र गर्न सक्छ । त्यसैले यस्ता विषयमा धयान आकृष्ट हुनैपर्छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top