वीरगञ्ज: एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड

समाज बैशाख ३० २०७६ ekhabarnepal
444433433

काठमाडौँ बैशाख ३०,
 एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ। मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले कार्यालयमा तोडफोड गरेको पर्साका एसपी रेवती ढकालले जानकारी दिए ।

उनले तोडफोडबाट ढोका तथा झ्यालका सिसा फुटेको बताए ।  तोडफोडमा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।  एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा पाहुनाका रुपमा उपप्रधानमन्त्री उपेन्द्र यादवले कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेपछि अहिले आलोचना भइरहेको छ ।

समाजवादी पार्टीका कार्यकर्ताहरु तोडफोडमा संलग्न भएको प्रहरीको आशंका छ ।

प्राप्त प्रतिकृयाहरू

To Top