राष्ट्रपतिद्धारा संस्कृतिविद् जोशीलाई 'दीर्घायू र सुश्वास्थ्यको कामना'

समाज बैशाख ३० २०७६ ekhabarnepal
666

काठमाडौँ बैशाख ३० ,
 राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गरेकी छन् ।

संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा शुभकामना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पु¥याएको योगदानको पनि उच्च प्रशंसा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशीलाई पठाएको सन्देश एक समारोहमा पढेर सुनाइएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाएको सय अंक उल्लेख गरिएको चित्रसहितको बुकी र दोसल्लाद्धारा पनि संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top