जानकी नवमीका अवसरमा 'राष्ट्रपति भण्डारी जनकपुरमा'

समाज बैशाख ३० २०७६ ekhabarnepal
55555

काठमाडौ वैशाख ३०,
 राष्ट्रपति विद्यादेवी भण्डारी जानकी नवमीका अवसरमा जनकपुर पुग्नुभएको छ ।
बिहान ९ ः ३० मा हेलिकप्टरबाट जनकपुर  पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई प्रहरी प्रमुख र मुख्यमन्त्री लालबाबु राउतलेले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले बिहान ९ः ४० मा पुजाअर्जना गर्नुभएको थियो ।   बैशाख शुक्ल नवमी आर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउने गरिन्छ ।
जानकी नवमीको अवसरमा सोमबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरहरुमा पुजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । यस वर्ष सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुलही झैं सिंगारिएको छ । सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।

प्रदेश २ मा सार्वजनिक बिदा

जानकी नवमीको अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतरबाट शुभकामना संदेश दिँदै जानकी नवमी उत्साहपूर्वक मनाउन प्रदेश २ मा सार्वजनिक बिदाको घोषणा गर्नुभएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top