अपराह्नपछि पानी पर्ने अनुमान

समाज बैशाख ३० २०७६ ekhabarnepal
1

 काठमाडौं बैशाख ३०
आज (सोमबार) काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको मौसमविद्ले बताएका छन्।

 अपराह्नपछि वा साँझपख पूर्व, मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मध्य क्षेत्रका केही स्थान पूर्वी तराईमा हावाहुरी चल्ने सम्भावना छ। मौसमविद् सुवास रिमालले मध्य र पूर्वी क्षेत्रका केही स्थानमा मध्यम खालको वर्षा हुने सम्भावना देखिएको जानकारी दिए।

बादल अहिले काठमाडौंमा केन्द्रित भएको र यो विस्तारै पूर्वतिर सर्दै गएको उनले बताए। केही समय काठमाडौं खुले पनि साँझपख वर्षाको सम्भावना रहेको उनको अनुमान छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top