प्रधानमन्त्री ओली आज 'कम्बोडिया प्रस्थान'

समाज बैशाख ३० २०७६ ekhabarnepal
777

काठमाडौं बैशाख ३०,
   प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ ।

भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ आउनुभएको थियो । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ उहाँका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top