नेकपा जिल्ला कमिटीको टुंगो लाग्यो, रुपन्देहीमा १७५ जना

राजनीति बैशाख २९ २०७६ ekhabarnepal

बुटवल बैशाख २९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ५ नं प्रदेश अन्तरगतका जिल्लाहरुको जिल्ला कमिटीको टुंगो लागेको छ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं ५ को प्रदेश कमिटीको सनिवार सम्पन्न बैठकले जिल्ला कमिटीका सदस्यहरुको टुंगो लगाएको हो । 
जसमा पूर्व नेकपा एमालेका तर्फबाट जिल्ला कमिटी सदस्यहरु र नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यहरु समेटिएका छन 
प्रदेश कमिटीले पार्टी एकिकरणको कार्यबिधिका आधारमा ति नामहरु टुंगो लगाएको जनाइएको छ । प्रदेश कमिटी बैठकले रुपन्देहीमा १७५ सदस्यीय कमिटी निर्माण गरेको छ । 
रुपन्देहीको १७५ सदस्यीय कमिटी बनेकोमा १७४ जनाको नाम उल्लेख गरीएको छ भने एक जना  निलम्वीत छन । 
त्यसैगरी बांके, कपिलबस्तु, दांङ, जिल्ला कमिटी १५५ सदस्यीय बनेका छन भने अर्घाखांची, रुकुम, रोेल्पा, प्युठान,१३५ सदस्यीय बनेका छन । त्यसैगरी गुल्मी र पाल्पा १४५ सदस्यीय बर्दिया १४४ सदस्यीय तथा परासी १४३ सदस्यीय कमिटी बनेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top