महिलाहरु हुन थाले उद्यमशील

अर्थ बैशाख २८ २०७६ ekhabarnepal
3

बुटवल, वैशाख २८ 
बुटवल उपमहनगरपालिका वडा नं. १३ का वेरोजगार महिलाहरुलाई उद्यमशील वनाउने अभियान शुरु भएको छ । 
प्रगतिपथ टोल विकास सस्थाले पहिलोपटक मोतिको माला वनाउने तालिम दिएर यो अभियानको प्रारम्भ गरेको छ । पाँच दिनसम्म भएको सो तालिममा २५ जनाको सहभागीता रहेको जानकारी सस्थाकी अध्यक्ष मधुकला कुँवरले दिइन् ।
मोतिका मालालाई महिलाहरुले आधुनिक गहनाको रुपमा प्रयोग गर्छन् । केही समय अँघि चिनको चेन्दु टेक्सटाइल कलेजमा अध्यनरत छात्राहरुलाई यस्तै गहना वनाउने तालिम दिन नेपाली प्रशिक्षक सहभागि भएकी थिइन् । नेपाली वजारलाई अध्ययन गरि उनीहरुले त्यसप्रकारका सामाग्री उतपादन गरेको वुझिएको छ ।


अव यस्ता गहनाहरु चिनवाट निर्यात गर्नुभन्दा नेपालमै वनाउने उद्घेश्यले सो तालिम दिइएको हो । ब्यावसायिक उत्पादन गरि वजारीकरण गराउने उद्घेश्यले यस प्रकारको तालिम दिइएको हो ।
विभिन्न शीपमूलक तालिम प्रदान गरि स्वरोजगार सृजना गर्ने क्रममा निकट भविश्यमै झिनिया र चुरा वनाउने तालिम दिने तयारी भएको प्रगतिपथ टोल विकास सस्थाकी सचिव रीता घिमिरेले वताइन् । सवै तालिमवाट उत्पादित वस्तुको एकीकृत ढंगले वजारीकरण योजना स्थानीय महिलाहरुले वनाएका छन् । त्यसवाहेक विभिन्न चाडवाडमा आवश्यक पर्ने सेल रोटीका साथै फिनी, अनरसा र मौलिक प्रकारका अन्य मिठाईजन्य वस्तुको पनि उत्पादन गरिने भएको छ ।
मोतिका माला वनाउने पाँच दिने तालिमको शुक्रवार समापन भएको छ । टोल विकास सस्थाकी अध्यक्ष मधुकला कुँवरको अध्यक्षतामा भएको समापन समारोहमा उपमहानगर कार्यपालिका सदस्य विष्णु शर्मा, वार्ड नं. १२ मा अध्यक्ष दुर्गा सुवेदी, वरिष्ठ पत्रकार डी.आर. घिमिरे, राजनीतिकर्मी तेजेन्द्र केसी, जनप्रतिनिधिहरु वेदप्रसाद गैरे, सरस्वती परियार, टोल विकास सस्थाकी सचिव रीता घिमिरे, सुहारा कार्यक्रमकी रीता भट्टराई, प्रशिक्षक अर्पणा पोख्रेल लगायतले कार्यक्रमको प्रशंसा गर्दै शीप प्राप्त महिलालाई नथाकेर ब्यावसायिक वन्न प्रेरित गरेका थिए ।
प्रशिक्षक पोख्रेलले आफूले उत्पादन गरेका माला विक्री गर्न वजारको कुन समस्या नपरेको वताइन् ।

प्राप्त प्रतिकृयाहरू

To Top