नेपालमा गुड्ने रेलका डब्बा भारतले दिने 

समाज बैशाख २८ २०७६ ekhabarnepal
Rail ctfvavzrzm

 काठमाडौं,बैशाख २८ : भारतले नेपालमा सञ्चालन हुने रेलका डब्बा उपलब्ध गराउने भएको छ । 
नेपाल र भारतबीच शुक्रबार रेलका डब्बाहरु दिने कुरामा सहमति भएको हो। भौतिक योजना तथा यातायात सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थितिमा नेपालको रेल्वे विभाग र भारतको कोन्कन रेल्वे कर्पोरेसनबीच सहमतिमा हस्ताक्षर भएको हो। 
नेपालले तत्काल जनकपुर-जयनगर रेलवे सञ्चालनको तयारी गरेको छ । बन्द भएर पुन:सञ्चालन हुन लागेको जनकपुर-जयनगर रेलवेको परीक्षण पनि भइसकेको छ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top