आइएस आतङ्ककारी हमलामा,दुई जनाको हत्या

विश्व बैशाख २७ २०७६ ekhabarnepal
655

त्रिपोली बैशाख २७,
 इस्लामिक स्टेट्स (आइएस) समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै जना घाइते भएका छन् ।

साभा शहरको प्रहरी स्रोतले घाड्वामा बिहानीपख भएको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएको र केही युवालाई अपहरण गरिएको बताउनुभयो । प्रहरीले स्थानीयबासीका धेरैवटा निजी घर तथा सरकारी कार्यालयहरुमा आगजनी गरिएको जनाएको छ । आइएस समूहले घाड्वा शहरमा रहेका हफ्तार समूहका लडाकूहरुका घरहरुमा आक्रमण गरिएको दाबी गरेको छ ।

दक्षिण लिबियाको सबैभन्दा ठूलो शहर साभालाई पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तारका सेनाले कब्जामा लिइराखेका छन् ।

रासस÷सिन्ह्वा

प्राप्त प्रतिकृयाहरू

To Top