आयोगको अध्यक्ष बन्नकै लागी 'सचिवबाट राजीनामा'

समाज बैशाख २६ २०७६ ekhabarnepal
656

काठमाडौँ बैशाख २६

उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका पूर्वसचिव अनुपकुमार उपाध्यायले विद्युत नियमन आयोगमा आफू भन्दा योग्य व्यक्तिलाई सरकारले नियुक्त गरेको बताएका छन्।

कार्यकाल बाँकी रहँदै राजीनामा दिएका सचिव उपाध्यायले पहिले योग्य व्यक्ति चाहिन्छ भनेर आफूलाई राजीनामा दिन सल्लाह दिएको भएपनि अहिले आफू नपरेको बताए।‘विद्युत नियमन आयोगको अध्यक्षमा तपाई जस्तो व्यक्ति चाहिन्छ भनेका थिए, अहिले म परिन अरुनै योग्य आएछन्’ उपाध्यायले भने।
आयोगको अध्यक्षका लागि उपाधयसहित तीनजनाले आवेदन दिएका थिए।

गत सोमबार बसेको मन्त्री परिषद् बैठकले विद्युत विकास विभागका पूर्वमहानिर्देशक दिल्लीबहादुर सिंहलाई अध्यक्षमा नियुक्त गरिएको छ। त्यससँगै सचिवबाट राजीनामा दिएका उपाध्याय जिल परेका हुन्।नवनियुक्त अध्यक्षसहितका पदाधिकारीले बुधबार उर्जामन्त्रालयमा सपथ लिएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री वर्षमान पुनले अध्यक्षलाई र अध्यक्षले सदस्यहरूलाई सपथ गराएका हुन् । सरकारले आयोगको सदस्यहरूमा डा. रामप्रसाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वर कलवार र भागिरथ ज्ञवालीलाई नियुक्त गरेको छ।आयोगका सदस्यहरू धिताल वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक र कलवार नेपाल विद्युत प्राधिकरणका पूर्वनिर्देशक हुन् । खतिवडा लगानी बोर्डको कार्यालयमा कार्यरत थिए। ज्ञवाली प्राध्यापक हुन्।

उनीहरुले बुधबार नै नियुक्ती समेत पाएका छन्। सोमबार बसेको मन्त्रीपरिषद बैठकले पदाधिकारी नियुक्तिको निर्णय गरेको थियो। तत्कालका लागि सानो गौचरनस्थित विभागको भवनमा आयोगको कार्यालय रहनेछ।आयोगको अध्यक्षमा पूर्वसचिव उपाध्यायसहित, सिंह र तत्कालीन विद्युत महसुल निर्धारण आयोगका अध्यक्ष जगतकुमार भुसालको आवेदन परेको थियो।
 

प्राप्त प्रतिकृयाहरू

To Top