रुपन्देही र कपिलवस्तुको 'सिमा नाका ३ दिनको लागि बन्द हुदै'

समाज बैशाख २६ २०७६ ekhabarnepal
44

बुटवल वैशाख २६,
भारतको निर्वाचन लाई मध्यनजर गरी सिमा नाका ३ दिन बन्द हुदैछ ।

भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लामा निर्वाचन  हुन लागेको छ । त्यसैले कपिलबस्तु जिल्लाका सिमा नाका भोली शुक्रवारदेखि ३ दिन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुचना प्रकाशित गरी  भोली शुक्रबार विहान ७ बजेदेखि आइतबार साझा ५ बजे सम्म सिमा नाका बन्द हुने जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको हो । नाका बन्द हुँदा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरि आवतजावत गर्ने बाहेक अन्य ओसार पसार तथा आवतजावत समेत बन्द गरिनेछ ।
यता रुपन्देही र नवलपरासी जिल्लाका भारतीय सिमा नाका भने आउदो जेठ ३,४ र ५ गते मात्रै बन्द हुने छन ।
रुपन्देही र कपिलवस्तुको सिमा क्षेत्र महाराजगञ्जमा मे १८ र १९ गते अर्थात जेठ ४ र ५ गते निर्वाचन हुने भएकाले त्यत्तिबेला ३ दिन सिमा नाका बन्द गरीने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले जानकारी दिनु भयो ।

प्राप्त प्रतिकृयाहरू

To Top