'पार्टीएकताको केही दिनमै खटपट सुरु'

राजनीति बैशाख २५ २०७६ ekhabarnepal
6565

काठमाडौं वैशाख २५,
केही दिन अघि मात्र पार्टीएकताको घोषणा गरेको समाजवादी पार्टी नेपालभित्र एकतासँगै कलह सुरु भएको छ ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच केहीदिन अघि मात्र एकीकरण भएर बनेको समाजवादी पार्टीप्रति असन्तुष्टि राख्दै नेताहरुले छुट्टै भेला गरेर विद्रोह गर्ने तयारी गरेका हुन् । नयाँशक्तिका नेताहरुले बाबुराम भट्टराईको एकताप्रति असन्तुष्टि जारी गर्दै आज छुटै भेला गरिरहेका छन् ।

ललितपुरमा जारी भेलाबाट नयाँ शक्ति पक्षका नेताहरुले बैकल्पिक राजनीतिक संगठन बनाउने विषयमा छलफल गर्दैछन् ।  असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी छ । बैठकको नेतृत्व पूर्वमन्त्री कल्पना धमलाले गर्दैछिन् । उनीहरुले पार्टी एकताको विषयमा आफूहरुको विमति रहेको बताउँदै असन्तुष्ट समूहको साझा धाराणा बनाउने तयारी गरिरहेका छन् ।

बैठकमा सहभागी नेताहरुका अनुसार डाक्टर भट्टराईले आफ्नो विचार त्यागेकाले बेग्लै बैकल्पिक शक्ति निर्माण गरेर अगाडि बढ्ने विषयमा छलफल भइरहेको बताए । उपेन्द्र यादवसँग मिलेर भट्टराईले आत्मसमर्पण गरेको उनीहरुको आरोप छ । स्रोतका अनुसार उक्त बैठकमा धमलासहित देबेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, सोनाम सिंह, नारायण तिवारीलगायतका छन्। नेकपाले बुधबार अपराह्न नै प्रचण्डको उपस्थितिमा ‘विशेष कार्यक्रम’ राखेको छ । पूर्वसभासद धमलासहितका नयाँ शक्तिका नेताहरुलाई स्वागत गर्ने तयारी नेकपाको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top