अफगानिस्तानमा 'मारिए एक अमेरिकी सैनिक '

विश्व बैशाख २५ २०७६ ekhabarnepal
009

वासिङ्टन बैशाख २५ ,
 अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाका एक सदस्यको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ ।

अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ । उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए । पेन्टागनले उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । अफगानिस्तानमा संयुक्तराज्य अमेरिकाका करिब १४ हजार सैनिक तैनाथ छन् ।

रासस÷सिन्ह्वा

प्राप्त प्रतिकृयाहरू

To Top