परिपूरक विषय हुन : 'राजनीतिक स्थायित्व, शान्ति अनि विकास'

राजनीति बैशाख २४ २०७६ ekhabarnepal
88

काठमाडौ वैशाख २४,
 नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा स्थायित्व जरुरी रहेको बताउनुभयो ।   व्यवस्थापिका संसदको बैठकमा बोल्दै उहाँले शान्ति र विकास एक अर्काका परिपूरक भएको बताउनुभएको छ। सरकारले एक वर्षमा दुरीगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको उहाको भनाइ थियो । राजनीतिक स्थायित्व भए शान्ति हुने र शान्ति भएसँगै विकास अगाडि बढ्ने प्रचण्डले बताउनुभयो । विकास र शान्ति परिपुरक रहेको बताउदै अध्यक्ष दाहालले दिगो शान्ति र निरन्तर विकास आवश्यक हुने बताउनुभयो ।

आफूले सशस्त्र द्वन्द्वपछिको शान्ति सम्झौताको बेला पनि शान्ति र विकासमा नै जोड दिएको सम्झँदै उहाँले सहमति र सहकार्यबाट नै शान्ति र विकास सम्भव हुने बताउनुभयो। नेपालमा अझै पनि ६५ प्रतिशत जनसंख्या कृषिमा नै आश्रित भएकोले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकीकरण आवश्यकता रहेको बताउनुभयो। भूमि र कृषिलाई नीति तथा कार्यक्रममा राखेकोमा सरकारको प्रसंशा गर्दै भन्नुभयो, ुकृषि र भूमिलाई आयको वातावरण जबसम्म बनाउन सक्दैनौं तब सम्म हामीले सुखी नेपाली समृद्धि नेपालीको सपना साकार बनाउन सक्दैनौं।ु

अध्यक्ष प्रचण्डले प्रतिपक्षीहरुले नीति तथा कार्यक्रम आश्वासनको पुलिन्दा भनेको सम्झँदै यो विपक्षीको धर्म भएको बताउनुभयो। 

प्राप्त प्रतिकृयाहरू

To Top