'आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्याक्रम' संसदबाट पारित हुँदै

राजनीति बैशाख २४ २०७६ ekhabarnepal
333

काठमाडौँ बैशाख २४ ,
 आगामी आर्थिक वर्ष (आर्थिक वर्ष २०७६/०७७) को नीति तथा कार्याक्रम मंगलबार संसदबाट पारित गर्ने तयारी छ । सरकारको तर्फबाट गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यत्रममा आइतबारदेखि संसदमा छलफल हुँदै आएको छ ।

मंगलबार बिहान ११ बजे बस्ने संसदको बैठकमा बोल्न बाँकी केही सांसदले आफ्ना विचार प्रस्तुत गर्ने छन् । त्यसपछि नीति तथा कार्यक्रमका सम्बन्धमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top